
Sgr
cjs
Srbpu
Ses
Rgp1
Unsku
Pes
pku
Ggp
Lnp
Djs
Pbu
Gfs
Rgp

Sls
Rgs
Hal
Pvg
Rsb
Vor
Gst
Wsp
Ksm
Sbs
Ggd
Ssm
Tsm
nsb
Bbbpu
Rgu
Bbu
Asm
Rgu

Ptm
bbt
Pls
sab
Jmb
Abd
Syp
Gsb
Mks
Bml
Jmb
Rmb
Rpp
दाङ । देउखुरीको राजपुर गाउँपालिका-३ खरदरिया प्रतापपुरमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरुभएको छ ।
श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समारोह समिति राजपुर गापा-३खरदरिया प्रतापपुर, दाङको आयोजनामा आ धार्मिक विधि अनुसार उद्घाटन भएकोे हो।
ओम वैदिक सनातन धर्मकाे संरक्षण,सम्बर्द्धन गरि मूलत: यदुवंशीहरुको धरोहरको रूपमा रहेको श्रीराधाकृष्ण मन्दिर स्थापनार्थको उद्धेश्यका साथ आयोजित महायज्ञको उद्घाटन राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवि यादवले गर्नु भएकोे थियाे।
उद्घाटन पूर्व मन्दिर भावगत वाचन स्थलदेखि खरदरिया र प्रतापपुर गाउँसम्म सयौ भक्तजनहरुको सहभागितामा कलश यात्रा गरिएको थियो ।
उद्घाटन मन्तव्य राख्दै उपाध्यक्ष यादवले भागवत पुराण सबै जातजाती र अन्य धर्मप्रति आस्था राख्ने जोकोहीले पनि श्रवण गर्नुपर्ने शास्त्र भएकोले सुनिदिन र सप्ताहलाई सफल पारिदिन आग्रह गर्नुभएको थियो।
प्रमुख कथा वाचनका रूपमा व्यासाचार्य गुरू श्री रामानन्द मिश्र रहनु भएको छ । प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म मण्डप पूजा ८ देखि १० सम्म भागवत् पाठ पारायण, ११ देखि ४ बजेसम्म कथा प्रवचन,साँझ ७ बजे देखि १० बजेसम्म एक अध्याय महतमे कथा, देव लिला झाँकी, चेतनामूलक नाटक लागायतका कर्यक्रम रहेको संयोजक पाटेश्वर यादवले जानकारी दिनुभयो।
महायज्ञ मुल आयोजक समारोह समितिका उपसंयोजक दिनानाथ यादवकाे स्वागत मन्तव्यबाट सुरू भएको उद्घाटन कार्यक्रममा मुल समारोह समितिका अध्यक्ष पाटेश्वर यादवकाे अध्यक्षता र राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवकाे प्रमुख आतिथ्य रहेको थियो।
