
Lnp
Ses
Rgp
Srbpu
Rgp1
Sgr
Gfs
pku
Unsku
cjs
Djs
Pbu
Pes
Ggp

Wsp
Sbs
Ssm
Rgu
Gst
nsb
Sls
Rgs
Bbu
Hal
Pvg
Bbbpu
Ggd
Asm
Rsb
Vor
Ksm
Rgu
Tsm

Jmb
bbt
Mks
Ptm
Syp
Jmb
Bml
sab
Rmb
Pls
Rpp
Abd
Gsb
दाङ । देउखुरीको राप्तीगाउँपालिका वडा नम्बर १,४ र ५ का विभिन्न विद्यालयमा अध्ययनरत ३० जना गरिब,विपन्न तथा दलित विद्यार्थीहरुलाई शुक्रबार नयाँ साइकल वितरण गरिएको छ ।
क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा पालिकाकाे वडा नं.१ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुबाङ्गका १० जना गरिब,विपन्न तथा दलित विद्यार्थीहरुलाई नयाँ साइकल वितरण गरिएको हो ।
त्यस्तै संस्थाले पालिकाकै वडा नं.४ मा रहेको माध्यमिक विद्यालय माैरीघाट र वडा नं.५ मा रहेको सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँमा अध्ययनरत १०/१० जना विद्यार्थीहरुलाई गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई पनि साइकल वितरण गरिएको छ।
संस्थाले ३ वटै विद्यालयका ३० जना विद्यार्थीहरुलाई २ लाख ५० हजार रुपैयाँ बराबरको साइकल वितरण गरिएको क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाकी विद्यार्थी संयाेजक दिपा चाैधरीले जानकारी दिनु भएको छ।
राप्ती गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष बिर बहादुर चाैधरीकाे अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा साे साइकल वितरण गरिएको हाे । शिक्षा,स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा संस्थाले गरेको कामकाे उच्च प्रसंसा गर्दै अध्यक्ष विष्टले साइकल वितरणले विद्यार्थीहरुकाे समयको व्यवस्थापनसँगै स्वास्थ्यलाई समेत फाइदा हुने बताउनु भयो ।
साइकल पाएपछि विद्यालय आवतजावत गर्न सहज भएको सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँ कक्षा १२ मा अध्ययनरत छात्रा टीका बुढा मगरले बताउनुभयो । टीका जस्तै अरु विद्यार्थीहरुलाई अब विद्यालय आवतजावत गर्न सजिलो हुने भएको छ । विद्यालय टाढा टाढा भएकै कारण त्यस क्षेत्रका कतिपय विद्यार्थीहरु विद्यालय जानबाट वञ्चित भएका छन् ।
सिपी नेपालले विद्यार्थीलाई पढाइप्रति थप आकर्षित गर्न साइकल वितरण गरेको हो । विसं २०६४ मा दाङको गढवागाउँ पालिकामा सिपी नेपालले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल राप्ती गाउँपालिका,गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको सिपी नेपालकी विद्यार्थी संयोजक दिपा चौधरीले जानकारी दिनुभयो ।
बीस जना पूर्वकमलहरीबाट काम सुरु गरेको सिपी नेपालले ५१ वटा आमा समूह गठन गरी एक हजार बढी सदस्य विस्तार गरेको छ । हाल तीन वटै पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत पन्ध्र सय बढी विद्यार्थीलाई साइकल वितरण गरिसकिएको विद्यार्थी संयोजक चौधरीले बताउनुभयो ।
साईकल वितरण कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,शिक्षा, युवा तथा खेलकुद प्रमुख विश्वास विक ,मावि माैरीघाटकी प्रधानाध्यापक सीता रिजाल ,संस्थाकि सरीता चाैधरी,प्रमिसा चाैधरी लगायतको सहभागीता रहेको थियोे ।


