
Ggp
Pes
Srbpu
Ses
Pbu
Rgp1
cjs
pku
Unsku
Lnp
Gfs
Rgp
Sgr
Djs

Rgs
Ggd
Rsb
Rgu
Sls
nsb
Rgu
Ssm
Gst
Bbu
Tsm
Ksm
Wsp
Hal
Vor
Pvg
Bbbpu
Sbs
Asm

Gsb
Ptm
Rmb
Jmb
Bml
Mks
Pls
bbt
sab
Syp
Jmb
Rpp
Abd
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने भएका छन् ।
जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको हो । पेशी सरेपछि सन्दीप भोलि नै एसिया कपका लागि पाकिस्तान उड्ने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिनु भयो ।
त्यस्तै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि सन्दीप संभवत भोलि पाकिस्तान जाने बताउनु भयो । नेपालको बाँकी टिम भने भदौ ५ गते नै पाकिस्तान गइसकेको छ । र नेपालले त्यहाँ अभ्यास गरिरहेको छ ।
यस्तै नेपालले एसिया कपमा समूह चरणमा पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले एसिया कपको पहिलो खेल पकिस्तानसँग अगष्ट ३०(भदौ १३) मा मुल्तानमा खेल्नेछ । नेपालले भारतसँगको खेल भने सेप्टेम्बर ४(भदौ १८) मा श्रीलंकामा खेल्ने जनाइएको छ ।
