
Djs
Gfs
Pes
cjs
Pbu
Sgr
Rgp1
Lnp
Rgp
sbs
pku
Unsku
Ggp
Srbpu

Rgs
Bbu
Ksm
Vor
Gst
Asm
Ggd
Wsp
Ssm
Rgu
Rsb
Rgu
Bbbpu
nsb
Sbs
Pvg
Hal
Tsm
Sls

Syp
Abd
Gsb
Rmb
Bml
Jmb
sab
Mks
Jmb
Ptm
bbt
Pls
Rpp
दाङ । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै हाल बंगलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी, मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
