
Djs
Srbpu
Ggp
pku
Lnp
Gfs
Ses
Rgp1
Pes
Pbu
cjs
Unsku
Rgp
Sgr

Vor
Ksm
Rgs
Pvg
Tsm
Rgu
Rgu
Rsb
Hal
nsb
Sls
Ggd
Bbbpu
Gst
Ssm
Sbs
Asm
Bbu
Wsp

Syp
bbt
Rmb
sab
Ptm
Gsb
Bml
Rpp
Abd
Pls
Mks
Jmb
Jmb
दाङ । लोप हुँदै गइरहेको आवधी संस्कृतिलाई जोगाउनु पर्छ भन्ने मुल नाराका साथ परिवर्तनशील साथी संजालको आयोजना र राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा आइतबार गुडिया विशेष अवधी सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
परिवर्तनशील साथी संजालका अध्यक्ष निरन्जन कुमार यादवको सभाध्यक्षतामा र राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यमा गुडिया विशेष अवधी सांस्कृतिक कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा अवधि समुदायको सांस्कृतिक झल्किने किसिमको लोक गित कजरी तथा सावन गित गायन प्रतियोगिता लगायतका विविध नृत्य प्रस्तुत भएको थियो ।
कार्यक्रममा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपतिदेवी यादव,राजपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डे,यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादव,अवधी संस्कृति विकास परिषदका अध्यक्ष जगतराम यादव, अवधि संस्कृति प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष राम प्रताप यादव,अवधी संस्कृति प्रतिष्ठानका सचिव पटवारी यादव,अवधी पत्रकार महासंघका जिल्ला अध्यक्ष दुखहरण यादव,विभिन्न वडाका वडा अध्यक्ष ज्युहरु,यादव समाज सेवा संघका सह-सचिव मिन्तीराम यादव लगायत अन्य बुद्धिजिवि, समाजसेवि र कलाकारहरुको उपस्तिथि रहेको थियो ।
परिवर्तनशील साथी संजालका सदस्य ओम प्रकाश यादवको स्वागत मन्तव्यबाट सुरु भएको गुडिया विशेष अवधी सांस्कृतिक कार्यक्रमको सञ्चालन संजालका सचीव राजेश यादवले गर्नु भएको थियो ।



