
Ggp
Ses
Pbu
Lnp
Djs
Rgp
Unsku
Gfs
Sgr
pku
Pes
Rgp1
cjs
Srbpu

Bbu
Asm
Rgs
Gst
Ksm
Vor
Rgu
nsb
Rsb
Ssm
Sls
Wsp
Bbbpu
Hal
Ggd
Pvg
Rgu
Sbs
Tsm

Jmb
Mks
Pls
Syp
bbt
Jmb
Ptm
Gsb
sab
Bml
Rpp
Rmb
Abd
दाङ । प्रेस चौतारी नेपाल महिला विभागको पहिलो बैठक आज सम्पन्न भएको छ । महिला विभाग प्रमुख दिप्तीशिखा चौधरीको अध्यक्षता एंव प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सवीन प्रियासनको प्रमुख आतीथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले यहि भदौँ २३ गते महिलाहरुको महान पर्व हरीतालीका तीज विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । तीज विशेष कार्यक्रमलाई सभ्य र भव्य रुपमा मनाउँनका लागि “तीज पर्व र यसको महत्व” का विषयमा कार्यपत्र प्रश्तुत गर्ने निर्णय गरेको छ । यसका लागि प्रेस चौतारीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला सह – ईञ्चार्ज रीता लामा लाई जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै आजको पहिलो बैठकले महिला विभागको सल्लाहकार चयन गरेको छ । सल्लाहकारहरुमा सुधासुमन ढकाल,विमला घर्ती, रचना सुवेदि, राधा पौडेल र जया पाण्डेलाई चयन गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रमुख अथीती तथा चौतारीका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनले महिला विभागले महिला पत्रकारहरुलाई एकत्रीत गर्नका लागि अहम भुमिका खेल्नुपर्ने बताउँनुभयो । महिला पत्रकारहरुलाई अझ पेसामा टिकाईरहनका लागि कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताउँनुभयो । यस्तै प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डि.सी.ले चौतारीको एक अंग भनेको महिला विभाग रहेकाले सहकार्य मार्फत अगाडी बढ्नुपर्ने बताउँनुभयो । प्रेस चौतारी संगठीत र चलाएमान बनाउँन संगठित हुनुपर्ने बताउँनुभयो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी.ले प्रेस चौतारीले सामाजीक कार्यलाई अगाडि बढाउँदा समाजमा राम्रो सन्देश जाने सुझाव दिनुभयो । संगाठित भएर अगाडि बढेको प्रेस चौतारीले अझै सकारात्मक तरीकाले उत्तरदायीत्व निर्वाह गर्नुपर्ने बताउँनुभयो ।
बैठकमा चौतारी केन्द्रिय सदस्य सन्तोष दहित, लुम्बिनी प्रदेश सचिव रञ्जीता शर्मा,चौतारी सल्लाहकार जे.एन. सागर, सचिव किरण गौतम, सदस्य मनु डि.सी. लगाएतले आ –आफनो धारणा राख्नुभएको थियो । सह –संयोजक लक्ष्मी पोख्रेलको स्वागत मन्तब्य बाट शुरु भएको बैठकको सहजीकरण विभागका सचिव सुरक्षा चौधरीले गर्नुभएको थियो ।
