
Gfs
pku
Ggp
Ses
Pes
Pbu
Sgr
Srbpu
Lnp
Unsku
cjs
Djs
Rgp1
Rgp

Pvg
Gst
Sbs
Wsp
Rgs
Asm
Hal
Bbu
Ksm
Bbbpu
Rgu
Ssm
nsb
Rgu
Rsb
Tsm
Vor
Ggd
Sls

Pls
sab
Rpp
Mks
Jmb
Abd
Ptm
bbt
Jmb
Bml
Gsb
Rmb
Syp
दाङ । नागपञ्चमी(गुडिया) को अवसरमा परिवर्तनशील साथी संजाल राजपुर दाङकाे आयोजनमा मावि दुलैहिया स्थित गुडिया विशेष अवधि सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
राजपुर गाउँपालिकाकाे आर्थिक सहयोगमा भाद्र ३ गते आइतबार आयोजित अवधि सांस्कृतिक विशेष कार्यक्रममा सौनी तथा कजरी गायन, खुल्ला सांस्कृतिक नाचगान लगायतका प्रतियोगीता हुने परिवर्तनशील साथी संजाल राजपुर, दाङका अध्यक्ष निरञ्जन कुमार यादवले जानकारी दिनुभयो।
नागपञ्चमी प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्परानुसार घर-घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइन्छ । मधेशी समुदायमा यसलाई ‘गुडिया’ पर्व भनेर मनाइन्छ। बिशेष दाङ जिल्ला देउखुरीका मधेशी समुदायमा बिहान ‘घुघरी’ अर्थात चना खाने चलन रहेको छ । यस्तै बेलुकी पख लत्ताकपडाको गुडिया बनाएर गाउँघरका केटीहरुले चौराहामा लगेर फाल्छन् भने केटाहरुले त्यसलाई लठ्ठीले पिट्ने गर्दछन् ।
यस्तै हिन्दु धर्मावलम्बीहरुले घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्दछन् । यस्तो गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको छ । बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले यो दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।
