
pku
Lnp
Gfs
cjs
Pes
Rgp
Sgr
Rgp1
Ggp
Djs
Unsku
Pbu
Srbpu
Ses

Rgu
Hal
Tsm
Bbbpu
nsb
Gst
Asm
Ssm
Bbu
Ggd
Rgu
Wsp
Pvg
Sls
Sbs
Ksm
Rgs
Rsb
Vor

Gsb
Ptm
Jmb
Mks
Jmb
sab
Syp
Rmb
Rpp
Abd
Bml
bbt
Pls
दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय सहकारी संजालकाे अध्यक्ष,व्यवस्थापक र लेखा सुपरिबेक्षण समिति संयाेजकहरुका लागि ३ दिने सहकारी तालिम आइतबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
संजालका अध्यक्ष बेगम गहतराजकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बाेल्ने बक्ताहरुले सहकारीकाे दिगाे बिकाश तथा व्यवस्थापनमा सहकारी संजालले गरेकाे कार्यकाे प्रशंसा गरेका थिए । पहिलाे दिन अध्यक्ष दाेस्राे दिन व्यवस्थापक र तालिमकाे अन्तिम दिन लेखा सुपरिवेक्षण समिति संयाेजकहरुलाई तालिम दिईएकाे थियाे ।
तालिमकाे प्रशिक्षकमा संजालका अध्यक्ष बेगम गहतराज, आयाम बहुउद्देश्यीय सहकारी संस्था दाङका अध्यक्ष ओम प्रकाश बसेल,सहकारी कर्मि फणाधर ढकाल,रम्भु चाैधरी र देव प्रकाश चाैधरी रहनु भएकाे थियाे । गाउँपालिका भरका ३२ वटा सहकारीहरुकाे तालिममा सहभागीता रहेकाे संजालका काेषाध्यक्ष अशाेक केसिले जानकारी दिनु भयाे ।
सहकारीमा अध्यक्ष,व्यवस्थापक र लेखा सुपरिवेक्षण समितिकाे काम कर्तव्य र अधिकार,सहकारीका खाताहरु, सहकारी व्यवस्थापनमा रहने भुमिका, काेपाेमिस,पर्लस, सम्पत्ति शुद्धीकरण लगायतका विभिन्न जानकारी दिईएकाे संजालका अध्यक्ष गहतराजले जानकारी दिनुभयाे । तालिम पश्चात् सिकेका कुराहरु हरेक सहकारीमा लागू गर्न प्रयत्न गर्ने सहभागीहरुले बताएका छन् । यस्ता कार्यक्रमहरु संचालनमा आईरहनु पर्नेमा सहभागिहरुले जाेड दिएका थिए । कार्यक्रम सहकारी संजाल गढवाकाे आयाेजना तथा गढवा गाँउपालिका सहकारी शाखाकाे समन्वयमा सम्पन्न भएकाे हाे ।

