ओम प्रकाश बसेल/गढवा सोमबार, साउन २२, २०८०

दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय सहकारी संजालकाे अध्यक्ष,व्यवस्थापक र लेखा सुपरिबेक्षण समिति संयाेजकहरुका लागि ३ दिने सहकारी तालिम आइतबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

संजालका अध्यक्ष बेगम गहतराजकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बाेल्ने बक्ताहरुले सहकारीकाे दिगाे बिकाश तथा व्यवस्थापनमा सहकारी संजालले गरेकाे कार्यकाे प्रशंसा गरेका थिए । पहिलाे दिन अध्यक्ष दाेस्राे दिन व्यवस्थापक र तालिमकाे अन्तिम दिन लेखा सुपरिवेक्षण समिति संयाेजकहरुलाई तालिम दिईएकाे थियाे ।

तालिमकाे प्रशिक्षकमा संजालका अध्यक्ष बेगम गहतराज, आयाम बहुउद्देश्यीय सहकारी संस्था दाङका अध्यक्ष ओम प्रकाश बसेल,सहकारी कर्मि फणाधर ढकाल,रम्भु चाैधरी र देव प्रकाश चाैधरी रहनु भएकाे थियाे । गाउँपालिका भरका ३२ वटा सहकारीहरुकाे तालिममा सहभागीता रहेकाे संजालका काेषाध्यक्ष अशाेक केसिले जानकारी दिनु भयाे ।

सहकारीमा अध्यक्ष,व्यवस्थापक र लेखा सुपरिवेक्षण समितिकाे काम कर्तव्य र अधिकार,सहकारीका खाताहरु, सहकारी व्यवस्थापनमा रहने भुमिका, काेपाेमिस,पर्लस, सम्पत्ति शुद्धीकरण लगायतका विभिन्न जानकारी दिईएकाे संजालका अध्यक्ष गहतराजले जानकारी दिनुभयाे । तालिम पश्चात् सिकेका कुराहरु हरेक सहकारीमा लागू गर्न प्रयत्न गर्ने सहभागीहरुले बताएका छन् । यस्ता कार्यक्रमहरु संचालनमा आईरहनु पर्नेमा सहभागिहरुले जाेड दिएका थिए । कार्यक्रम सहकारी संजाल गढवाकाे आयाेजना तथा गढवा गाँउपालिका सहकारी शाखाकाे समन्वयमा सम्पन्न भएकाे हाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]