
Djs
Rgp
Gfs
Rgp1
pku
Pbu
cjs
Unsku
Srbpu
Lnp
Sgr
Ggp
Pes
sbs

Sbs
Rgu
Rgs
Rgu
Hal
Sls
Asm
Wsp
Bbbpu
Bbu
Ggd
Pvg
Vor
Rsb
Tsm
Ksm
Ssm
Gst
nsb

Jmb
Gsb
Pls
Jmb
Rmb
Bml
sab
bbt
Ptm
Syp
Mks
Abd
Rpp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकामा रहेको शिव शक्ति माध्यमिक विद्यालयमा एक लाख बढीको अक्षयकोष स्थापना भएको छ ।
विद्यालयका पूर्व जेहेन्दार विद्यार्थी तथा ओर्ल्डलिंक कम्युनिकेशन लिमिटेड ताराताल बर्दियाका पुर्व सुपरभाइजर राजपुर-७ स्याउले निवासी जितबहादुर नेपालीका छोरा स्वर्गीय तुलसीराम नेपालीको नाममा एक लाख,एक हजार,एक सय,एघार रुपैयाँँको अक्षयकोष स्थापना गरिएको हो ।
प्रत्येक वर्ष कक्षा १० को एसइई परीक्षामा उत्कृष्ट हुने १ जना विद्यार्थीलाई छात्रवृत्ति दिइनेगरि स्वर्गीय नेपालीका बुवा जितबहादुर नेपालीको पहलमा ओर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले उक्त विद्यालयमा अक्षयकोषको स्थापना गरिदिएको विद्यालयका प्रधानाध्यापक लिलाधर बिकले जानकारी दिनु भयो ।
उक्त विद्यालयमा अध्ययनरत छात्र तुलसीरामको गत पुष महिना २६ गते निधन भएको थियो । उनको निधन पस्च्यात बुवा जितबहादुर र ओर्ल्डलिंक कम्युनिकेशन लिमिटेड बर्दिया शाखाद्वारा तुलसीरामको सम्झनामा बिहीबार विद्यालयमा पुगेर अक्षयकोष स्थापना गरि दिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगल बहादुर खड्काको रोहबरमा पहिलो पक्ष ओर्ल्डलिंक कम्युनिकेशन लिमिटेड बर्दिया शाखाका प्रमुख रबिन्द्र प्रसाद उपाध्याय, तुलसीरामका बुवा जितबहादुर नेपाली र दोस्रो पक्षमा विद्यालयका प्रधानाध्यापक लिलाधर बिक,लेखापाल शारदा थापाको बीचमा सम्झौता भएको छ ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक लिलाधर बिकले स्वर्गीय तुलसीरामका बुवा जितबहादुर र ओर्ल्डलिंक कम्युनिकेशन लिमिटेड परिवारलाई विद्यालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।





