
pku
Pbu
Gfs
Unsku
Lnp
Srbpu
cjs
Rgp1
Pes
Sgr
Ses
Rgp
Djs
Ggp

Rgs
Rgu
Rgu
Ksm
Sbs
Bbbpu
Bbu
Asm
Vor
Pvg
Hal
Tsm
Ggd
Gst
Sls
Wsp
nsb
Ssm
Rsb

Abd
Gsb
Mks
sab
Bml
Ptm
Rmb
bbt
Pls
Rpp
Jmb
Jmb
Syp
दाङ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असार २ गतेबाट १२ गतेसम्म लमही नगरपालिकाको आर्थिक सहयोग तथा ब्रैन स्टोर्मिङ इभेन्ट्सको आयोजना तथा देउखरी वारियर्सको सहआयोजनामा संचालित जिल्ला स्तरिय चौथो लमही मेयर कप पुरुष टि २० क्रीकेट प्रतियोगिताको उपाधी गुरुकुल क्रिकेट क्लबले उचालेको छ ।
फाइनलमा गुरुकुलले डिफेन्डिङ च्याम्पियन त्रिशिदेश्वरीलाई ५ विकेटले पराजित गर्दै उपाधी जितेको हो । २० ओभरको खेलमा ९८ रन को विजय लक्ष्य पछ्याएको गुरुकुलले उक्त लक्ष्य १६.२ ओभरमा आफ्नो ५ विकेट गुमाएर भेटाएको थियो ।
गुरुकुलका लागि अर्जुन घर्तीले २ छक्का सहित १९ बलमा २४ रन बनाए । त्यस्तै दिपक बोहराले १५बल खेल्दै ३ चौका र १ छ्क्का सहित २३ रन बनाए ।
त्यस्तै मनोज पुनले नटआउट १८ रन, मोहन खत्रीले १६ रन र सन्तोस केसिले नटआउट ९ रन बनाएका थिए । अतिरिक्तमा गुरुकुलले ६ रन जोडेको थियो । बलिङमा त्रिशिदेश्वरीका हरिस केसिले ४ ओभरमा १९रन खर्चदै ३ विकेट लिएका थिए ।
त्यस्तै कौशल रुपाखेती र दिवान पुनले समान १ विकेट लिएका थिए । त्यो भन्दा अघि टस हारेर पहिला ब्याटिङ गरेको त्रिशिदेश्वरिले २० ओभर पूरा खेल्दै आफ्नो ८ विकेट गुमाएर जम्मा ९७ रन मात्र बनाएको थियो ।
त्रिशिदेश्वरीका लागि समीर शर्माले २६ बल खेल्दै १ छक्का र १ चौका सहित २१ रन बनाए । तेस्तै कप्तान शंकर बुढाले १६बल खेल्दै २ छ्क्का सहित १९ रन बनाए । तेस्तै कौशल रुपाखेतीले १७ रन र लक्ष्मण बुढाले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अतिरिक्तमा त्रिशिदेश्वरीलाई ७ रन मिलेको थियो । ९७ रनमा रोक्न बलिङमा गुरुकुलका मोहन खत्रीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिन सफल रहे । त्यस्तै बिरु मगरले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर २ विकेट लिए । तेस्तै दिपक बोहोरा र अर्जुन घर्तीले समान १ विकेट लिए । यो सङै गुरुकुलले यो खेल २२ बल रहदै ५ विकेटले जित्न सफल भएको थियो ।
त्यस्तै फाइनल खेलको म्यान अफ द फाइनल गुरुकुललाई च्याम्पियन बनाउन आफ्नो अल राउन्ड प्रदर्शन गर्दै बलिङमा आफ्नो टिमका लागि ४ विकेट लिने तथा ब्याटिङमा १६ रन बनाउने मोहन खत्री भएका थिय । प्रतियोगिताको बेस्ट बलर त्रीशिदेश्वरीका हरिस केसी भए । उनले ५ खेलमा १२ विकेट लिएका थिए भने एकै खेलमा ७ विकेट समेत लिन सफल भएका थिए ।
त्यस्तै प्रतियोगिताको बेस्ट ब्याट्सम्यान गोर्खा स्कुल लमहीका प्रज्वल थापा रहे । उनले ४ खेलमा १७५ रन बनाउन सफल रहेका थिए । तेस्तै प्रतियोगिताका उदाउँदो खेलाडी गोर्खा स्कुलका प्रमेश केसि भए भने प्रतियोगिताका राइजिङ प्लेयर गुरुकुलका जोन ओलि भएका हुन । प्रतियोगिताका यी विभिन्न बिधाका खेलाडीहरुलाई विधागत ट्रफी प्रदान गरिएको थियो ।
यो संगै प्रतियोगिताको उपबिजेता बनेको त्रीशिदेश्वरी स्पोर्ट्स क्लबले द्वितीयको ट्रफी, मेडल सहित पुरस्कार पच्चीस हजार रुपैयाँ प्राप्त गर्यो भने बिजेता बनेको गुरुकुलले प्रथमको ट्रफी, मेडल सहित पच्चास हजार रुपैयाँ प्राप्त गरेको हो ।
जिल्ला बाहिरबाट ३ खेलाडी समाबेश गर्न मिल्ने गरि आयोजना गरिएको यस प्रतियोगितामा सहभागी कुल ११ टिमलाई ३ ग्रुपमा विभाजन गरि प्रत्येक टिमलाई ३ लिग म्याच खेल्ने अवसर मिलेको थियो भने ग्रुप प्रथम हुने ३ टोलिलाई सुपर ३ अन्तर्गत एक आपसमा खेलेका थिए ।
सुपर ३ मा गुरुकुलले त्रिशिदेश्वरी र गोर्खालाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने त्रिशिदेश्वरीले गोरखालाई पराजित गरेर फाइनल प्रवेश गरेको थियो । गुरुकुलका कप्तान सुशान्त सिङ थापाले प्रतियोगिताको सम्पूर्ण खेलको टस सहित म्याच पनि जितेका हुन् ।
मंगलबार भएको फाइनल खेलका बिजेता गुरुकुल क्रिकेट क्लवको ब्यबस्थापन टेकेन्द्र वलीले गरेका थिए भने कोचमा गुरुकुल एकेडेमिका अनुशासन संयोजक समेत रहनुभएका थिन्ले वांङ्दि भुटिया रहनुभएको थियो । बिजेता बन्नको लागि रातदिन नभनि अथक मेहनत गर्नु परेको कोच भुटियाले बताए ।
यस्तै फाइनल प्रतियोगिताको प्रमुख अतिथि समेत रहनुभएका लमही नगरपालिकाका मेयर जोगराज चौधरीले क्रिकेट खेलप्रतिको खेलाडिको आकर्षणलाई बढावा दिन र हौसला प्रदान गर्न प्रत्येक वर्ष मेयरकपको आयोजना गरिने बताए ।
२०८०÷०८१ को बजेट मार्फत पनि यस्ता खेललाई समेटेर अगाडि लैजाने भन्दै खेलाडिलाई निराश नहुन पनि उनले आग्रह गरे । यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पनि यस्ता खेल नियमित गर्नुपर्ने बताएका थिए । अर्जुन बस्नेतको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सुरज खनालले गरेका थिए ।
