सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख शुक्रबार, आषाढ ०८, २०८०

कपिलवस्तु । तौलिहवा आफ्नो व्यक्तिगत पारिवारिक इच्छा आकाङ्क्षा हरुलाई पर राखी नागरिक देश र कानूनलाई सदैव शिरमा राख्दै अहोरात्र कर्म क्षेत्रमा खट्ने संगठन नै नेपाल प्रहरी हो ।

यसै शिलशिलामा जिल्ला प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतसंग कपिलवस्तु जिल्लाको समग्र शान्ति सुरक्षा लगायत समसामयिक विषयमा गरिएको
कुराकानी ।

जिल्ला प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुमा समाजको सुरक्षमा खटिएको नेपाल प्रहरी जनताको सामु पुग्न जरुरी छ प्रहरी र नागरिक जति नजिक भए उति नै शान्ति सुरक्षा उपलब्ध हुन गराउन सहज हुने प्रष्टिन्छ ।

प्रहरीले आफ्नो काम, कर्तव्य र अधिकारलाई जनताले सजिलो ढंगबाट बुझून् भनेर कैयौं स्थानमा कपिलवस्तु प्रहरीले जनचेतनामूलक विविध कार्यक्रम सम्पन्न गरेका पनि देखिन्छन् ।

यसै प्रसंगमा कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा प्रहरी र नागरिक बीचको पटकपटक कार्यक्रमले पनि स्थानीयको मनै छोएको प्रहरीलाई जनताले हेर्ने दृष्टिकोणमा बद्लाव आएको र प्रहरी पनि नागरिकसँग सहकार्य गर्न अग्रसर भएको जस्ता प्रतिक्रिया निम्त्यायो । यस्ता कार्यक्रममार्फत् प्रहरीले उपलब्ध गराउने सेवा,सुविधा र जनताको अपेक्षाबारे समेत थाहा हुने भएकाले पनि दुवै पक्ष लाभान्वित हुने गरेका छन् ।

जसले नागरिक पनि बिनावर्दीको सिपाही हो भन्ने भनाइलाई वास्तवमै व्यवहारमा मनन गर्न सघाउँछ। प्रहरीको काम, कर्तव्य। अधिकारबारे पनि सर्वसाधारणलाई थाहा हुने भएकाले यसबाट नेपाल प्रहरी संगठनप्रति नै रहेका कतिपय भ्रमसमेत हटाउन मद्दत गर्ने हुन्छ।

त्यसैले पछिल्लो समय प्रहरीलाई दुश्मन ठान्ने तथा जनतालाई दुःख दिनमात्र जान्ने प्राणीका रूपमा चित्रण गर्ने क्रम अन्त्य गर्न जरुरी छ । यसका लागि एकोहोरो प्रहरी कार्यक्रमले मात्र सम्भव छैन, न त उसका सञ्चार प्रणालीमात्रै यसका लागि प्रभावकारी हुन सक्छन् । बरु यस्तै जनतासँग घुलमिल हुनेखालका कार्यक्रमलाई बढावा दिँदै जाने हो भने प्रहरी नागरिक सम्बन्ध अझै दरिलो हुन सक्छ । जसले शान्ति सुरक्षा कायम गर्ने तथा रचनात्मक काम गर्ने सवालमा दुवै पक्षलाई सहयोग पुग्न जानेछ । अन्ततोगत्वा यसका लाभग्राही दुवै पक्ष हुनेछन् र अझ बढी सर्वसाधारण हुने पक्का रहेकोे कपिलवस्तु जिल्ला प्रहरी प्रमुख एसपी बस्नेतले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]