
Srbpu
sbs
Lnp
cjs
Rgp1
Unsku
Gfs
Pbu
pku
Sgr
Pes
Ggp
Rgp
Djs

Sbs
Gst
Ssm
Vor
Rgu
Asm
Ggd
Sls
Rgs
Tsm
Rgu
Rsb
Hal
Bbbpu
Bbu
Pvg
nsb
Ksm
Wsp

Jmb
bbt
Abd
sab
Ptm
Rpp
Rmb
Pls
Gsb
Bml
Syp
Jmb
Mks
काठमाडौं । चार महिनासम्म चीनमा उपचार गराएर १ असारमा स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन संसदीय गतिविधिमा सक्रिय भएका छन् ।
स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएका पुन मंगलबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी भए । बैठकमा उनले उपचारमा रहँदा आफूप्रति सद्भाव राख्नेहरुलाई धन्यवाद दिए । जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि पुन १ फागुन २०७९ मा उपचारका लागि चीन गएका थिए । चीनको सेन्जेनस्थित थर्ड पिपुल्स अस्पतालमा उनले उपचार गराएका थिए ।
स्वदेश फर्किएपछि पुनले विमानस्थलमा भनेका थिए, ‘सक्रिय राजनीतिमा छु, स्वास्थ्य लाभपछि अझै सक्रिय रहने सोच बनाएको छु, बाँकी कुराहरु केही दिनमा राख्नेछु ।’ मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता पुनले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा कूटनीतिक परिपक्वता र दूरदर्शिता देखाउनुपर्ने धारणा राखे । उनले कुटनीति र परराष्ट्र मामिलामा सत्तापक्ष र प्रतिपक्षको समान धारणा हुनुपर्ने पनि बताए ।
‘हामी भूराजनीतिक जटिलताको सामना गरिरहेका छौं’, नेता पुनले भने, ‘कूटनीतिक सम्बन्ध सञ्चालन गर्दा राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्छ, राष्ट्रिय स्वार्थलाई गौण बनाएर दलगत स्वार्थमा चल्दा हामी अप्ठेरोमा पर्ने स्थिति छ ।’ समितिको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उनका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालको भूमिकामाथि प्रश्न उठाएका थिए । १७ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राबीचको भेटमा प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिएनन्, बरु छोरी गंगा थिइन् । यही विषयमा एमाले सांसदहरुले प्रश्न उठाएका थिए ।
नेता पुनले प्रतिपक्षी सांसदहरुले उठाएको प्रश्नको पनि जवाफ दिए । उनले राष्ट्रप्रमुख र सरकार प्रमुखको विदेश भ्रमणका समयमा कसलाई प्रथम महिला मान्ने र कसलाई नमान्ने भन्नेबारे स्पष्ट नीति हुनुपर्ने र परराष्ट्र मन्त्रालयले त्यसमा अग्रसरता देखाउनुपर्ने बताए । विगतमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, प्रथम राष्ट्रपति डा. रामवरण यादव र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले समेत विदेश भ्रमणमा छोरीलाई आफ्नै साथमा राखेको पुनले बताए । ‘श्रीमती नहुँदा सरकार प्रमुख र राष्ट्र प्रमुखले छोरीलाई प्रथम महिलाका रुपमा लाने प्रचलन पहिल्यैदेखिको हो’, उनले भने, ‘यसो गर्न मिल्ने कि नमिल्ने भन्नेबारे स्पष्ट धारणा बनाइएको भए प्रधानमन्त्रीको भ्रमणमा विवाद हुने नै थिएन ।’
राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणलाई पदमाको छ भन्ने आधारमा टिकाटिप्पणी गर्न नहुने पुनले बताए । पूर्वऊर्जामन्त्री समेत रहेका नेता पुनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दीर्घकालीन ऊर्जा व्यापार सम्झौता र समुद्रसम्मको पहुँच विस्तार गर्ने विषय महत्वपूर्ण भएको बताए ।अनलाइनखबर
