
Unsku
Rgp
Srbpu
cjs
Ses
Rgp1
pku
Lnp
Sgr
Pes
Djs
Gfs
Pbu
Ggp

Gst
Vor
Hal
Ggd
Bbu
Rgu
Rgu
Bbbpu
Ssm
Ksm
Sbs
Wsp
Asm
Tsm
nsb
Pvg
Rgs
Sls
Rsb

Pls
Rmb
sab
Jmb
Ptm
Rpp
Jmb
Abd
Mks
Gsb
Bml
Syp
bbt
दाङ । सल्यान शारदा नगरपालिका वडा नम्बर ३ की ३५ वर्षीया शान्ता परियार गत कात्तिकमा रोजगारीका लागि भारतको उत्तराखण्ड जान्छिन् । सम्बन्धविच्छेद् भएपछि घरव्यवहार चलाउन समस्या हुँदा उनी भारत जान बाध्य भइन्। सोही नगरपालिका–२,पानीखोलाका ३८ वर्षीय दानबहादुर भण्डारीसंग उत्तराखण्डमै अनैतिक सम्बन्ध कायम हुन्छ । यति मात्र होइन उनीहरु दुवैको सम्बन्धबाट बच्चा जन्मियो।
भारतमा रहँदा उनीहरूले नाबालक बच्चाको राम्रोसँग स्याहारसुसार गरे। जब नेपालीका महान् चाड दशैं मनाउन घर फर्किन्छन् तब,उनीहरूको मानसिकता अपराधिक बन्छ । सल्यान पुगिसकेपछि दुवैको सहमतिमा श्रीनगरदेखि जिल्ला सदरमुकाम खलंगा जाने बाटोमा निर्दाेष २८ दिने बालकलाई जंगलमा छाडेर दुवैजना आआफ्नो घर गए। बिहान ६ः३० बजे ‘मोर्निङ वाकमा निस्केका स्थानीयले देखेपछि ती निर्दाेष बालकको १२ घण्टापछि उद्दार भयो।‘यदि बिहान स्थानीयले नदेखेको भए नाबालक बच्चा जंगली जनावरको सिकार पनि हुन् सक्थ्ये,’स्थानीय युवराज रेग्मीले भने,‘झन्नका उद्दार भयो ।
बालकको ज्यान तलमाथि हुन पाएन ।’निर्दयी आमाले जसले, आफ्नो बच्चाभन्दा लाजको डरले बच्चालाई सुनसान जंगलमा छाडिन् ।‘एउटी आमालाई आफ्नो सन्तानभन्दा अरु केही ठूलो हुँदैन,उनले भन्छन्,तर निर्देयी आमा, जसले बच्चाभन्दा लाज ठूलो मानिन् ।’
शारदा नगरपालिका–३, घोरुलोटेको जंगलबाट प्रहरीले बेवारिसे अवस्थामा बच्चाको उद्दार गरेको थियो। घरमा पुग्दा बच्चा नलैजाने दुवैजनाको सल्लाह भएबमोजिम बाटैमा पर्ने जंगलमा १८ गते बेलुका ६ बजेतिर फाली घरतर्फ लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता लक्ष्मण ओलीले बताए। बच्चालाई तत्काल उद्दार गरी जिल्ला अस्पताल सल्यानमा राखिएको छ। उक्त बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको उनको भनाइ छ। पुरुष विवाहित भएको र महिलाको सम्बन्धविच्छेद् भएको प्रहरीले जनाएको छ ।
‘दुवैजना दसैं मान्न घरसँगै फर्केका हुन्,’जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता लक्ष्मण ओलीले भने,‘गाड्डाचौकी नाका भएर नेपाल आएका दुवैजना महेन्द्रनगरको कवारेन्टिनमा तीन दिन बसी श्रीनगर आइतबार पुगे ।’
