
Rgp1
Sgr
Lnp
Unsku
Ggp
Srbpu
Rgp
pku
Pbu

Bbbpu
Sbs
Gst
Wsp
Vor
Tsm
Ggd
Ksm
Ssm
Rgu
Rgs
Hal
Bbu
Asm
Rsb
nsb
Pvg
Sls
Rgu

Rmb
Rpp
sab
Mks
Syp
bbt
Jmb
Abd
Bml
Pls
Ptm
Gsb
Jmb
दाङ । मानव र बन्यजन्तु बीचको द्वन्द न्यूनिकरण गर्न र बन्यजन्तुको चोरी शिकारी निययन्त्रण गर्न बिहिवार देउखुरीको गढवामा बृहत छलफल सम्पन्न भएको छ ।
वन तथा वातावरण समन्वय समिति गढवाको आयोजना तथा तराई भूपरिधी कार्यक्रम (ताल) को प्राबिधिक सहयोग एवं समन्वय सहकार्यमा कार्यक्रमको आयोजना गरिएको समन्वय समितिका अध्यक्ष पुष्पा यादवले जानकारी दिनुभयो ।
पर्यावरण संरक्षणका लागि मानव, जिवजन्तु र बन्यजन्तु बिचको इको सिष्टमको सम्बन्धले निकै महत्वपुर्ण भूमिका खेल्ने कुरामा कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
राष्ट्रिय वन तथा निकुञ्ज आसपासका वस्तिमा बस्ने मानिसहरुका लागि बन्यजन्तुको आक्रमण ठूलो चुनौतिको बिषय रहेकोले मानव जाती जंगली जनावरबाट जोगिएर संरक्षणमा लाग्नुपर्ने कार्यक्रममा बताईएको हो । मानव वस्तिहरुमा जंगली जनावरले हानी नोक्सानी पुर्याएमा नेपाल सरकारले राहात सहयोगका लागि बन्यजन्तुको क्षति राहात सहयोग निर्देशिका मार्फत कानूनी ब्यवस्था गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।
जंगलको आसपासका उपभोक्ताहरुले नै जंगली जनावरहरुको चोरी शिकारी गर्ने र बन्यजन्तुको सुकुटी बोकेर देशका ठूलाबडाकहाँ बिकास योजनाहरु माग्न तथा जागिर र सरुवा माग्न जानुपर्ने वास्तिविक अवस्था रहेकोले बन्यजन्तुको चोरी शिकारीलाई नियमन गर्ने निकायहरु गंभिर हुनुपर्नेमा कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाका अध्यक्ष पुष्पा यादवको अध्यक्षता र सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरी भुसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सव डिभिजन वन कार्यालय गढवाका प्रमुख उम बहादुर ओलीले नेपाल सरकारले तयार गरेको बन्यजन्तु संरक्षण ऐन तथा क्षति सम्बन्धि राहात निर्देशिका पहिलो शंसोधन–२०७५ का बारेमा बिस्तृत बिवरण प्रस्तुत गर्दै सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै महासंघ दाङका अध्यक्ष भुसालले पर्यावरण संरक्षणमा जिवजन्तु र जंगली जनावरहरुको महत्वपुर्ण भूमिका रहने बताउनु भयो । राष्ट्रिय निकुञ्ज बिस्तार गर्ने क्रममा उपभोक्ताहरुलाई समस्या र चुनौति भएको भन्दै अध्यक्ष भुसालले उपभोक्ताहरुको हक हित र अधिकारको स्थापित गर्न राज्यसंग निति र बिधि बनाएर कार्यान्वयन गर्ने कुरामा वन महासंघले बहस र पैरवि गर्ने बताउनु भयो । जंगली जनावरहरुको चोरी शिकारी गर्ने स्वयं वन समूहका उपभोक्ताहरु भएकोले उनिहरुलाई पहिचान गर्दै वनमा आधारित जिविकोपार्जन तर्फ डोर्याउन एक सामुदायिक वन एक उद्यमको स्थापना गर्ने बिषयमा राज्यसंग बहस पैरवि गर्ने महासंघको आगामी कार्यक्रम रहेको समेत उहाँले औंल्याउनुभयो । कैयन सामुदायिक वनहरुले समयमा साधारणसभा, लेखा परिक्षण र कार्ययोजना नविकरण नगरेर सामुदायिक वनहरु तहस नहस बनाएको भन्दै निति र बिधिलाई सबै सामुदायिक वन समूहहरुले तदारुकताका साथ पालना गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय गढवाका प्रमुख उमबहादुर ओली, इलाका प्रहरी कार्यालय गढवाका प्रमुख नविन ओली, तराई भूपरिधी कार्यक्रमका तिलकराम चौधरी,संरक्षणकर्मि तथा संस्थाका सल्लाहकार लालबहादुर भण्डारी, रामकलक्ष्मण यादव, स्थानीय बुद्धिजिवी हिरालाल चौधरी, यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादव,हिमवन्ती नेपाल दाङका उपाध्क्ष सकुन्तला डिसी, वन महासंघ गढवाका अध्यक्ष नवराज शर्मा, उद्योग बाणिज्य संघ गढवाका कोषाध्यक्ष खुमानन्द पोखे्रल, मदपुर नसहवा सामुदायिक वनका अध्यक्ष मोहनलाल चौधरी र पत्रकार शिबराज पन्थी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश बत्ताहरुले वन्यजन्तुको चोरी शिकारी नियन्त्रण गर्न र मानव तथा वन्यजन्तुको पारस्पारिक सम्बन्धलाई सबलिकरण गर्दै सरोकारवालाहरु सबै एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन वन तथा वातावरण संरक्षण समन्वय समितिका सचिव चित्रबहादुर महतराले गर्नुभएको थियो ।

