
Pbu
Srbpu
Ggp
Lnp
pku
Unsku
Sgr
Rgp1
Rgp

Pvg
Ssm
Asm
Rgu
Rgu
Sls
Rsb
Ggd
Hal
Tsm
Bbu
Sbs
Bbbpu
nsb
Rgs
Vor
Gst
Ksm
Wsp

Mks
Rmb
Abd
Ptm
Gsb
Jmb
Jmb
Rpp
bbt
Pls
Bml
Syp
sab
दाङ । इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा पतन्जली योग समिती दाङको प्राबिधिक सहयोगमा बुधवार देखि सुरक्षाकर्मिहरुका लागि कार्यालय परिसरमा योग अभ्यास आरम्भ गरिएको प्रहरी प्रमुख नवीन ओलिले जानकारी दिनु भयो ।
दाङका तुलसिपुर, घोराही,लमही, नारायणपुर र राप्ती गाउँपालिकामा योग शिविरहरुले निरन्तरता पाउदै गर्दा गढवामा पनि नेपाल प्रहरिले योग अभ्यास सुरु गरेको छ । मनसिक तनाव कम गर्न, शारीरिक स्फुर्ती बढाउन र खानपानले गर्दा मानव शरिरमा लाग्ने अनेकौ प्रकारका रोगहरु नियन्त्रण गर्न तथा शरिरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न योग अभ्यास रामबाण हुने महिला पतन्जली योग समिती दाङका अध्यक्ष (प्रभारी) साहाना श्रेष्ठले बताउनु भयो ।
त्यस्तै गत बैशाख ३० गते देखि गढवा उद्योग बाणिज्य संघको आयोजना र पतन्जली योग समिती दाङको प्राबिधिक सहयोगमा सुरु भएको योग शिविरले निरन्तरता पाइरहेको पतन्जली योग समिती गढवाका अध्यक्ष रामनरेश यादवले जानकारी दिनुभयो । पुन: बुधवारदेखि इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मीहरुका लागि नयाँ प्याकेज सुरुवात गरिएको महिला पतन्जली योग समिति दाङका अध्यक्ष साहाना श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै एता गढवा उद्योग बाणिज्य संघले आयोजना गरेको योग शिविरबाट समिती गठन भए पश्चात् योग शिविरले निरन्तरता पाएको अध्यक्ष खिमबहादुर बुढाले जानकारी दिनुभयो । योग अभ्यासमा महिलाहरुको लगाव बढी रहेको पाइएको छ ।

