
Pbu
Gsl
Bs1
ksbus


काठमाडौँ। टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी रिहा भएका छन्।
राष्ट्रपतिले आममाफी दिएपछि उनी सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका हुन्। टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई चौधरीले जेल जीवन बिताइरहेका थिए।
नागरिक उन्मुक्ति पार्टीका संरक्षणसमेत रहेका चौधरीलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुले सोमबार बिहान डिल्लीबजार कारागार पुगेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशमसहित १९ जनालाई आममाफी र ४८२ को कैद मिनाह गरेका हुन्।
