
Pbu
pku
Rgp
Unsku
Pes
Sgr
cjs
sbs
Rgp1
Gfs
Srbpu
Lnp
Djs
Ggp

Asm
Rsb
Rgu
nsb
Pvg
Vor
Tsm
Wsp
Gst
Ggd
Hal
Ksm
Rgu
Bbbpu
Rgs
Ssm
Bbu
Sbs
Sls

bbt
Syp
sab
Rpp
Bml
Abd
Gsb
Mks
Rmb
Jmb
Jmb
Pls
Ptm
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
युवराज पौडेलले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता भएको हो । लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो । उक्त रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको छ ।
त्यस्तै रिटमा लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गर्ने आदेशको माग गरिएको छ । ‘विपक्षी रवि लामिछानेले सर्वोच्च अदालतको मिति २०७९/१० /१३ गतेको आदेशले कायम नरहेको भनि घोषित नागरिकताको प्रतिलिपि लिएर उपनिर्वाचनमा भाग लिएका हुँदा कायम नभएको नागरिकताको प्रतिलिपि वैध हुन् र नेपाली नागरिकता कायम हुन् वा पुनः प्राप्त भएको मान्न सकिँदैन,’ रिटमा माग गरिएको छ, ‘नेपालको संविधानको धारा ८७(१) (क) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८१(ख) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) को अवस्था विधमान भएको हुँदा उत्प्रेषणको आदेशले निज रवि लामिछानेको प्रतिनिधिसभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एव निर्णय लगायतका सम्पूर्ण कार्यहरू खारेज गरी पाउँ ।’
यस्तै लामिछानेले अमेरिकी नागरिकता त्याग गरिसकेको भन्ने प्रमाणित निस्सा पेस गर्न नसकेको जिकिर पनि रिट निवेदनमा गरिएको छ । ‘लामिछानेले अमेरिकी नागरिकता त्याग गरी सकेको भन्ने प्रमाणित हुने निस्सा पेस गर्न लगाउने आदेश भएकोमा सो रिट निवेदनको लिखित जवाफ पेस गर्दा निज रवि लामिछाने, जिल्ला प्रशाशन कार्यालय काठमाडौ एंव अध्यागमन विभागका तर्फ बाट समेत प्रमाणित निस्सा संलग्न गरी सर्वोच्च अदालत समक्ष पेश गर्न नसकिएको मात्रै होइन कि प्रमाण खण्डमा उक्त निस्साको उल्लेख समेत गर्न नसकेको हुँदा निज रवि लामिछानेले अमेरिकि नागरिकता त्याग गरेको निस्सा पेश गर्न नसकेको र निस्सा पेश गर्न नसकेको कारणले नेपाल नागरिकता नियमावली २०६३ को नियम ११ बमोजिम पुनः नेपाली नागरिकता प्राप्त गर्न नसकेको प्रस्ट भएको छ,’ रिट निवेदकको दाबी छ, ‘तसर्थ, सर्वोच्च अदालतको मिति २०७९ माघ १३ को आदेशसमेतका आधारमा उक्त नियम ११ बमोजिमको प्रक्रिया पूरा नभएको प्रस्ट भएकोले उक्त नियम ११ बमोजिमको प्रक्रिया पुरा गरी पुनः नेपाली नागरिकता कायम गरेको भन्ने प्रस्ट हुने गरी नागरिकता जारी र प्राप्त नगरेसम्म निज लामिछाने कुनै पनि राजनैतिक पदमा उम्मेदवार हुन निर्वाचित हुन, मनोनयन हुन र मतदान गर्न नपाउने गर्नु गराउनु भनि विपक्षीहरूका नाममा परमादेशको आदेश जारिगरी पाउँ ।’
लामिछानेसँगै निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रतिनिधिसभा, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यलाई रिट निवेदनमा विपक्षी बनाइएको छ ।
यो रिट निवेदन वैशाख २५ गते नै सर्वोच्च अदालतमा पेस भएको थियो । उक्त रिट निवेदनलाई सर्वोच्चका रजिष्ट्रारले दरपीठ गरिदिएका थिए । बैशाख २८ मा भएको दरपीठविरुद्ध पौडेलले जेठ २ मा इजलासमा नै निवेदन पेस गरेका थिए । उक्त दरपीठको आदेशलाई सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले बदर गरी रिट दर्ता गर्न आदेश दिएका थिए । रिट निवेदनमा उठाएका विषयवस्तुको प्रकृति हेर्दा इजलासबाटै व्याख्या भई निरुपण हुनुपर्ने संवैधानिक र कानुनी प्रश्न निहीत रहेको भन्दै भन्दै न्यायाधीश श्रेष्ठले रिट दर्ता गर्न आदेश दिएका थिए । उक्त आदेशपछि बुधबार रिट दर्ता भएको हो ।
कान्तिपुर
