
Srbpu
Djs
Rgp1
Pbu
Lnp
Sgr
Ggp
sbs
Pes
Gfs
cjs
Unsku
pku
Rgp

nsb
Asm
Ksm
Wsp
Sls
Vor
Rgs
Rsb
Ssm
Bbbpu
Rgu
Ggd
Bbu
Gst
Rgu
Pvg
Sbs
Tsm
Hal

Syp
bbt
Rpp
Gsb
Rmb
Pls
sab
Bml
Mks
Jmb
Abd
Jmb
Ptm
काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमलाल चौधरीलाई सरकारले रिहा गर्ने तयारी गरेको छ।
स्रोतका अनुसार हालै सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका चौधरीलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाइएको हो । उनलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपतिबाट आममाफी दिलाउने प्रक्रिया अगाडि बढेको पाइएको छ। कैद मिनाहा गरी रिहाइका लागि डिल्लीबजार कारागार कार्यालय मार्फत रेशमले महान्यायाधिवक्ता कार्यालयमा पत्राचार समेत गरिसकेका छन्।
यस्तै सो पत्र माफी मिनाहाको प्रक्रिया अगाडि बढाउनका लागि गृह मन्त्रालयमा पठाउने तयारी भइरहेको कारागार स्रोतले जनाएको छ। गृहबाट रेशमलाई माफी दिने प्रस्ताव मन्त्रिपरिषदमा जाने र त्यहाँबाट निर्णय भएर राष्ट्रपति कार्यालयसमक्ष सिफारिश गरिने गृह स्रोतले जनाएका छ। माफी मिनाहा वा कैद कट्टाको विषयमा गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकबाट पारित गराएर राष्ट्रपति कार्यालयमा नामावली पठाउने गर्छ।
त्यसपछि राष्ट्रपतिमार्फत कैद मिनाहा हुने गरेको छ। २०७२ सालमा टीकापुरमा भएको आन्दोलनका क्रममा हिंसा भड्किँदा उच्च प्रहरी अधिकारी र नाबालकसहित ७ जनाको मृत्यु भएको थियो। उक्त घटनाका मुख्य योजनकारको रुपमा चौधरीलाई आरोप लागेको थियो।
