
Sgr
Rgp
Unsku
Rgp1
pku
Srbpu
Ggp
Lnp
Pbu

Tsm
Bbu
Gst
Hal
Rgu
Bbbpu
Pvg
Sbs
Ksm
Wsp
Rsb
nsb
Ggd
Rgu
Rgs
Vor
Ssm
Sls
Asm

Rpp
Abd
Jmb
Pls
Gsb
Bml
Mks
Ptm
Rmb
Jmb
Syp
sab
bbt
दाङ । स्मार्ट वियरेबल र अडियो उत्पादनहरूको ब्राण्ड हाइफ्युचर ब्रान्डका सामान अब दाङमा पनि उपलब्ध भएका छन ।
राप्ती अञ्चलको लागि आधिकारीक बिक्रेताको रुपमा मेलिना मल्टिपल्स प्रालीले उक्त ब्रान्डका सामानहरु भित्राएको हो । हाइफ्युचरको ब्राण्डले नेपालमा कम्पनीको वायरलेस इअरबड, हेडफोन, पोर्टेबल स्पीकर र स्मार्टवाचहरूसहितको अभिनव रेन्जको स्मार्ट वियरेबल र अडियो उत्पादनहरूलाई बिक्रि तथा बितरण गर्ने छ। सोहि अन्तर्गत दाङमा पनि उपलब्ध रहेका छन् ।
सोमबार घोराहीमा पत्रकारसम्मेलन गरी मेलिना मल्टिपल्स प्रालिले आफ्ना प्रोडक्टहरु बजारमा ल्याएको जानकारी दिएको हो । मोबाइल क्षेत्रमा निकै लोकप्रियता कमाएका मेलिना मल्टिपल्स प्रालीका प्रोप्राइटर तुलसिराम शर्मा हाइफ्युचरलाई नयाँ ग्राहक खोज्न र दाङमा अधिक रुपमा ब्रान्डको उपस्थिति बनाउन सहयोग गर्ने बताउनु भएको छ । ‘हाइफ्युचरको स्मार्ट वियरेबलहरू वास्तविक समयमा स्वास्थ्य डाटा,सूचनाहरू र अन्य उपयोगी सुविधाहरू प्रदान गर्ने ब्रान्डको रुपमा परीचित छ । जबकि उनीहरूको अडियो उत्पादनहरू उत्कृष्ट ध्वनि गुणवत्ता,स्वर निवारण र अन्य अग्रगामी सुविधाहरूले एक सम्पूर्ण अडियो अनुभव प्रदान गर्दछ छ ।
त्यस्तै ‘हाइफ्युचरका स्मार्ट वाचहरुमा मोबाइलसंग कनेक्ट गरेपछि सबै काम वाचबाटै गर्न मिल्ने सुविधा रहेको छ । उक्त ब्रान्डमा अहिले १० वटा प्रोडक्ट बजारमा उपलब्ध छ । सो ब्रान्डको नेपालको लागि आधिकारीक बितरक टेक स्टुडियो प्रालि रहेको छ । हाइफ्युचर र एक्युफिटका स्मार्टवाचहरु निकै सुबिधा सम्पन्न र सस्तो मुल्यमा उपलब्ध रहेको प्रालिका संचालक तुलसिराम शर्माले जानकारी दिनु भयो । हाइफ्युचर र टेक स्टुडियो नेपाली ग्राहकहरूलाई सबैभन्दा राम्रो स्मार्ट वियरेबल र अडियो उत्पादनहरू प्रदान गर्न सक्षम रहेको र नेपाली बजारमा ग्राहकको माग पुर्ति गर्ने लक्ष रहेको छ ।
राप्ती अञ्चलको पाच वटै जिल्लामा उक्त ब्रान्डका सामान उपलब्ध हुने पनि संचालक शर्माको भनाई छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष सन्तोष सुवेदीले ग्राहकले चाहे जस्तो ब्रान्ड भएको कारणले सबै ग्राहकहरुले यो ब्रान्डको सामान प्रयोग गर्ने बताउनु भयो । मेलिना मल्टिपल्स प्रालिका संचालक तुलरिाम शर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण दिपक वलीले गर्नु भएको थियो ।
