
Ppu
Ksb
Csb
Usb
Gsb
Tgp
Ssb
Bsn
Ksb
Ssb
Rsb
Nsb
Ksb
Rks

Usb
Hl1
Gsb
Ssb
Tsb

Rgu
ptl
Nps
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज पनि २ खेल हुँदैछ । आज घरेलु टोली नेपालले साउदी अरेवियासँग खेल्दै छ भने अर्को खेल हङकङ र बहराइनबीच हुने छ ।
यस्तै नेपालको खेल मुलपानी मैदानमा हुने छ । मुलपानी मैदानमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । नेपाल लगातार २ खेलमा जित निकालेकाले आज पनि सहज जितका साथ सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ ।नेपाल तेस्रो जित निकाल्ने लक्ष्यमा रहँदा प्रतियोगितामा टिकि रहन साउदी पनि दोस्रो जितको खोजिमा हुने छ ।
त्यस्तै उता कीर्तिपुर मैदानमा हुने खेलमा हङकङ लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहँदा बहराइन दोस्रो जितको खोजिमा हुने छ । मुलपानी र कीर्तिपुरमा ९ बजेदेखि खेल सुरुहुने छ ।
