
Gfs
Lnp
Srbpu
Ses
Sgr
Rgp
cjs
pku
Pbu
Ggp
Unsku
Rgp1
Djs
Pes

Wsp
Ksm
Gst
Asm
Rgu
Bbbpu
Rsb
Bbu
Sbs
Sls
Hal
Pvg
nsb
Ssm
Ggd
Rgu
Rgs
Tsm
Vor

Pls
Rpp
Rmb
Gsb
sab
Jmb
Bml
Abd
Ptm
Mks
bbt
Syp
Jmb
दाङ । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटी पछिल्लो युवा पिडीहरुमा व्यापक पाईन्छ ।
तर राप्ती गाउँपालिका वडा नम्बर एक पाखापानी निवासी अशाेक बेल्वासेले भने फरक तरिकाले आफ्नो जन्म दिन मनाउनु भएको छ। बेल्वासेले आफ्नो ३० औं जन्म दिनको अवसरमा आईतवार पालिकाकाे वडा नम्बर आठ पिपरीमा रहेको निलसागर सेवा आश्रमका २६ जना बेसाहराहरुलाई खाद्यान्न तथा फलफूल वितरण गरि मनाउनु भएको छ।
फजुल खर्च भन्दा मानव सेवामा सकेको सहयोग गर्नु पर्छ भन्ने सन्देश दिनका लागि जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनु पर्ने धारणाका साथ आफुले जन्म दिन आश्रममा मनाएको उहाँले बताउनुभयो । सेवा आश्रमकी स्वास्थ्यकर्मी दिलमाया सेनले मानव सेवामा सहयोग गर्ने कार्य अति पुन्य कार्य भएकोे बताउदै अन्य व्यक्तिहरूले यसकाे सिकाे गर्न आवश्यक रहेको बतानु भयो ।
बेल्वासे केही वर्षयता सामाजिक सेवामा समर्पित आशाका किरण नामक संस्था स्थापना गरि सामाजिक सेवामा अग्रसर रहदै आउनु भएको छ।

