
Srbpu
Pbu
Sgr
Rgp
Ggp
Rgp1
Unsku
pku
Lnp

Hal
Tsm
Sbs
Gst
Ksm
Pvg
Rgu
nsb
Ssm
Rgs
Vor
Rsb
Asm
Rgu
Bbu
Ggd
Sls
Bbbpu
Wsp

Abd
Bml
Gsb
sab
Syp
Jmb
Rpp
Rmb
Pls
Jmb
bbt
Ptm
Mks
राप्ती गाउँपालिकाद्वारा प्रहरी र सामुदायिक वनलाई
आगलागी नियन्त्रण सामग्री हस्तान्तरण
दाङ । राप्ती गाउँपलिकाले सुख्खा खडेरी समयको सुरुवात हुनै लाग्दा आगलागीका घट्ना बढी हुने सामुदायिक वनहरुका लागि साेमबार आगलागी नियन्त्रण गर्ने विभिन्न सामाग्रीहरु वितरण गरिएकोछ ।
स्थानीय विपत व्यवस्थापन शाखा मार्फत एक प्रहरी कार्यलय सहित पालिका भित्रका आठ ओटा सामुदायिक वन समितिहरुलाई साे सामाग्रीहरु वितरण गरिएको हो ।
विगतका वर्षहरुमा जस्तै आगलागी हुन सक्ने सामुदायिक वनहरुलाई लक्षित गरी सामाग्रीहरु वितरण गरिएको बताइएको छ । आगलागी र अन्य दुर्घटना लगायतका विपतहरुबाट स्थानीयलाई बच्न र बचाउने काममा सहयोगका लागि उक्त सामाग्रीहरू वितरण गरिएको हो ।
पालिकाकाे रामजहदी,कालिका,घण्टदेव,शान्ति, कालापानी, उरिमडाड,शंकर र खड्गेश्वरी सामुदायिक वन र ईलाका प्रहरी कार्यलय सिसहनियालाई उक्त सामाग्री वितरण गरिएको छ।
आगलागी भएको बेला आगाे नियन्त्रण गर्न तथा उद्धारको कामलाई सफल र प्रभावकारी बनाउन ती समितिलाई हेलमेट,फायर वल,फायर एक्स,प्राेटेवल फायर फाईटिङ पम्प ,ब्याक प्याक पम्प लगायत आठ प्रकार सामाग्रीहरु वितरण गरिएको विपत व्यवस्थापन शाखाका प्रमुख सुवास भट्टराईले जानकारी दिनु भएको छ।
उक्त सामाग्री वितरण कार्यक्रममा बाेल्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले वितरण गरिएको सामाग्रीको सदुपयोग हुन सकेमा मात्र आगलागी वा अन्य प्राकृतिक विपत्तीका समयमा जनताको जीउधनको सुरक्षा हुने बताउनु भयो।
