
Rgp
Ggp
Rgp1
pku
Unsku
Lnp
Sgr
Pbu
Srbpu

Rgs
Bbu
Ggd
Bbbpu
Pvg
Hal
Wsp
Rgu
Tsm
Gst
Rgu
Rsb
Sbs
Ssm
Asm
Vor
Ksm
nsb
Sls

Gsb
Abd
Jmb
sab
Rpp
Pls
Bml
Jmb
Ptm
bbt
Syp
Rmb
Mks
दाङ । दाङको गढवा गाउँपालिकामा अपांगता भएका ब्यक्तिहरुका लागी संचालन सात दिने लुगा धुने सर्फ बनाउने तालिम तथा कच्चा पदार्थ हस्तान्तरण कार्यक्रम सुरू भएको छ।
गढवा गाउँपालिकाको वडा नम्बर ५,६ र ७ बाट ग र घ वर्गका अपांगता भएका ब्यक्तिहरुको लागि गढवा गाउँपालिकाको सभाहलमा सात दिने लुगा धुने सर्फ बनाउने तालिम तथा कच्चा पदार्थ हस्तान्तरण कार्यक्रम सुरू भएको हो । गढवा गाउँपालिका तिन वडाका महिला पुरुष गरी १६ जना ग र घ वर्गका अपाङ्गता भएका ब्यक्तिहरुको सहभागिता रहेको थियो।
अपांगता भएका ब्यक्तिहरुको क्षमता बिकास र आयआर्जनमा सहयोग हुने उदेश्यले तालिमको आयोजना गरिएको अपाङ्गता परिचयपत्र बितरण समन्वय समितिका संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनु भयो। सिप बिकास गरी आत्मानिर्भर बनाउनको लागी यो तालिमले सहयोग गरेको उहाँले बताउनुभयो ।अपाङ्गता भएका व्यक्तिहरुलाई घर परिवारबाटै पनि अपहेलित हुन परेकाले यस्ता सिप बिकासका तालिमले जिउने आधार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको संयोजक चौधरीले बताउनु भयो।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले क र ख वर्गका फरक क्षमता भएका ब्यक्तिहरुलाई राज्य बाटै सहयोग भएको तर ग र घ वर्गका अपाङ्गता भएका ब्यक्तिहरुलाई आय आर्जनका लागि आय मुलक कार्यक्रम मार्फत जोड्न पालिका लागि परेको बताउनुभयो। गढवा गाउँपालिकामा सरफ बनाउने कार्य पहिलो भएको बताउदै अध्यक्ष पोख्रेलले पालिकाको उद्देश्य सिप सिकाएर आत्म निर्भर बनाउने तर्फ अग्रसर रहेको बताउनुभयो।आर्थिक सहयोग बाट मात्र सधै दैनिक गुजारा नचल्ने भएकोले सिप मुलक तालिमको आय आर्जनका लागि भरपर्दा हुने बताउनु भयो।
त्यस्तै कार्यक्रममा अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको थियो। उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी,प्रेस संयोजक लगायतको उपस्थिति रहेको थियो । अपाङ्गता संरक्षण समाज गढवाका अध्यक्ष भरत कुमार पन्तको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

