महेन्द्र सिंह/बाँके बिहिबार, चैत्र ०२, २०७९

बाँके । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज ल्याउँदै गरेको अवस्थामा प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय हिरमिनिया बाँकेबाट खटिएको प्रहरी टोलीले गहुँबारीबाट ठूलो मात्रामा भन्सार छलीको सामान बरामद गरेको हो ।

करिब तीन लाख मूल्य बराबरको भन्सार छली गरेर नेपालगन्ज भित्र्याउँदै गरेको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी राम प्रसाद घर्तीले बताउनु भयो ।

‘भारतबाट अवैधरुपमा भित्रिएको तीन लाख बराबरको सामान बरामद गरिएको हो । उहाँले भन्नु भयो, ‘बालेगाउँको गहुँबारीबाट सोमबार उक्त सामानहरु बरामद गरेका हौं ।’ नेपालगन्ज लिनको लागि भारतबाट ल्याएर बालेगाउँको गहुँबारीमा राखेको अवस्थामा जुत्ताहरु प्रहरीले बरामद गरेको थियो ।

तस्करहरु भने प्रहरी टोलीलाई देखेपछि सामान छोडेर भारततर्फ नै भागेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीले बरामद गरेको जुत्ता चप्पल आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको डिएसपी घर्तीले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]