
Djs
Ggp
Pbu
Pes
Rgp
Gfs
Srbpu
Unsku
Lnp
cjs
Rgp1
pku
Ses
Sgr

nsb
Sls
Ksm
Hal
Wsp
Sbs
Tsm
Rgu
Ggd
Bbbpu
Rsb
Pvg
Rgs
Gst
Vor
Ssm
Asm
Rgu
Bbu

Jmb
Bml
Mks
Rmb
Rpp
Jmb
Abd
bbt
sab
Ptm
Pls
Syp
Gsb
दाङ । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको बुधबार सम्पन्न भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको थियोे । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा पूर्व संविधान सभा सदस्य रश्मी राज नेपालीको प्रमुख आतिथ्यता र गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको हो।
समापन कार्यक्रममा बोल्दै पूर्व संविधान सभा सदस्य रश्मी राज नेपालीले खेल स्वास्थ्यको लागि मात्र नभई देशको लागि पनि अभिन्न अंग भएको बताउनु भयो। जसरी स्वास्थ्यको लागि खेलको आवश्यक्ता पर्दछ त्यसरी नै राष्ट्रको लागि पनि खेलाडी र खेल नभई नहुने हिसावले खेललाई ब्यापक बनाउदै लैजानु पर्ने बिचार ब्यक्त गर्नु भयो ।
त्यसैगरी समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पहिले अध्यक्ष कप प्रतियोगिता लाई परिमार्जन गरी पालिका स्तरीय खेलकुद प्रतियोगिता र अन्तरपालिका स्तरीय जनप्रतिनिधिहरु बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता लगायतको अन्य केही खेल थप गरिएको बताउनु भयो । अन्तरपालिका स्तरीय खेलकुद प्रतियोगितामा बिशेषगरी देउखुरीका तीन गाउँपालिका र एक नगरपालिकालाई समेटेर जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताले समग्र देउखुरीको विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बिस्वास आफुले लिएको बताउनु भयो ।
आगामी दिनमा गढवा गाउँपालिकालाई खेलको हव नै बनाउने तर्फ आफु अग्रसर रहेको बताउदै आगामी वर्षहरुमा अन्य थप खेलहरु समाबेश गरिने बताउनु भयो । गढवा गाउँपालिकालाई खेलकुदको क्षेत्रमा विकास गर्न लागिपरेको र पालिकामा पालिका स्तरीय खेलकुद समिति र वडाहरुमा वडा स्तरीय खेलकुद समिति समेत गठन गरि सकेको बताउनु भयो।
गढवाको जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा फागुन २७ गते समुद्घाटन गरिएको खेलमा फुटबल,क्रिकेट, भलिबल,सितोरियो कराते, पालिकाका विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा गढवा गाउँपालिकाका महिला जनप्रतिनिधि र कर्मचारीहरु बीचको फुटबल प्रतियोगिता अन्तरपालिका स्तरीय जनप्रतिनिधिहरु तथा कर्मचारीहरु बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको खेल भएको थियो ।
अन्तरपालिका स्तरीय जनप्रतिनिधिहरु तथा कर्मचारीहरु बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको खेलमा गएको शनिबार भएको खेलमा राजपुर गाउँपालिकालाई हराउँदै गढवा र राप्ती गाउँपालिकालाई हराउँदै लमही नगरपालिका फाइनलमा प्रवेश गरेको थियो । लमही नगरपालिका र राप्ती गाउँपालिका बीचको खेल निर्धारित समयमा खेल बराबरी हुँदा पेलान्टी सुटबाट लमहीले जित हाँसिल गर्न सफल भएको थियो ।
फाइनल खेलमा गढवा गाउँपालिका र लमही नगरपालिका मैत्रीपूर्ण खेलमा दुबै टिमले बराबरीमा खेल सकिएपछी पेनाल्टी सुटआउटमा लमही नगरपालिकाले रोचक खेल प्रदर्शन गर्दै गढवा गाउँपालिकालाई हराएको थियो । त्यसैगरी गढवाका विभिन्न संघ-संस्थाका र गढवा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु बीचको खेलमा जनप्रतिनिधि तथा कर्मचारीहरुको टिमले तिन गोल गर्दै फराकिलो अन्तरले विजयी भएको थियो।
त्यसैगरी वडा नम्बर १ र वडा नम्बर ७ बिच भएको पुरुष तर्फको खेलमा दुबै टिमले एक एक गोल गरेपछी पेनाल्टी सुटआउटमा वडा नम्बर १ ले पेनाल्टी सुटआउटमा गोल गरी प्रथम स्थान हाँसिल गर्न सफल भएको हो । विभिन्न खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने टिमलाई नगद, सहित सम्मानित गरिएको थियो । खेलकुद प्रतियोगिताको अवसर गढवा गाउँपालिकाका विभिन्न खेलमा देश बिदेशमा ख्याति प्राप्त खेलाडीहरुलाई सम्मान समेत गरिएको गढवा गाउँपालिकाले जनाएको छ । समापन कार्यक्रममा विभिन्न संघ-संस्था,राजनीतिक दल,नागरिक समाज,प्रहरी,पत्रकार, स्थानीय बुद्धिजीवी,लगायतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले गर्नु भएको थियो ।

