
Rbs
Sds
Gisld
mbd
gst
Ksm
Pbu
Mbdvs
Anm
Gmk

Ggd
Rgs
Wsp
Hal
Bbu
Sls
Ssm
Gst
nsb
Pvg
Vor
Sbs
Bbbpu
Tsm
Ksm
Rgu
Rsb
Rgu
Asm

Pls
Mks
Abd
Gsb
bbt
Jmb
Rmb
Bml
sab
Syp
Jmb
Rpp
Ptm
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै मंगलबार सर्वोच्चमा प्रचण्ड बिरुद्ध दुईवटा रिट दर्ता भएको हो ।
प्रचण्डबिरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरी लगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरण सहित १४ जनाले रिट दायर गरेका हुन् । रिट दायर भएपछि सर्वोच्चले फाल्गुन २५ गते बिहीबारका लागि पेशी तोकेको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले २०७६ साल माघ १ गते काठमाडौंको खुल्लामञ्चमा गरेको भाषणका क्रममा जनयुद्धमा १७ हजार मारिएको भनिए पनि त्यो तथ्यांक गलत भएको र ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले पक्राउ गर्नुपर्ने आदेश माग गरिएको छ ।
रिट दायरकर्ता कल्याण बुढाथोकीले कार्तिकमै निवदेन दर्ता गर्न खोजेपनि दरपिट गरेपनि अहिले दर्ता भएको बताए । उनले युद्धको नियमबिपरितको काम भएकाले त्यसको विरोधमा मुद्धा दर्ता गरिएको धारणा राखेका छन् ।
त्यस्तै अर्का रिट निवेदनकर्ता ज्ञानेन्द्रराज आरणले संक्रमणकालीन न्यायका विषयमा देखिएका समस्या समाधानका लागि पटक पटक ध्यानाकर्षण गराउदा पनि नभएपछि न्यायका लागि सर्वोच्च आउनुपरेको बताए । उनले केहि परिवारका प्रतिनिधिले मात्र रिट हाले पनि यसले द्वन्द्वकालमा माओवादीबाट मारिएका ५५ सय जना परिवारको प्रतिधित्व गर्ने बताए ।
त्यस्तै अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले पीडितहरुलाई न्याय दिलाउनका लागि पहल गरिएको बताउनुभयो । २०७६ साल माघ १ गते माघी पर्वका बेला जनयुद्धमा बेला मारिएका ५ हजार जनाको जिम्मा लिने अभिव्यक्तीका आधारमा हत्याको परिभाषित गर्दै अपराधिको सूचीमा राखेर न्यायिक हिरासतमा राखिनुपर्छ भन्ने विषय रिट निवदेनमा समेटिएको उनले जानकारी दिए ।
यसअघि कात्तिकमा यही माग लिएर उनीहरु सर्वोच्च गएका थिए । सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरेपछि त्यसविरुद्ध उनीहरुले निवेदन दिएका थिए । शुक्रबार सोही निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले प्रचण्ड विरुद्ध दिएका रिट दर्ता गर्न आदेश गरेको थियो ।
