
Unsku
Lnp
Srbpu
Sgr
Ggp
Rgp1
Pbu
pku
Rgp

Hal
Sls
Rgu
nsb
Ssm
Rgs
Wsp
Ksm
Ggd
Rgu
Sbs
Pvg
Asm
Bbu
Bbbpu
Rsb
Tsm
Vor
Gst

Abd
Bml
Jmb
Pls
bbt
Syp
Jmb
Gsb
sab
Rmb
Ptm
Mks
Rpp
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवा स्थित खोजीपुर सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा भारी मतका साथ दिपक कुमार थापा मगर निर्वाचित हुनु भएको छ ।
आज सम्पन्न भएको निर्वाचनमा आफ्नो प्रतिद्वन्दीलाई भारीमतका साथ पराजित गर्दै अध्यक्ष थापा मगर निर्वाचित हुनु भएको हो । जसको उपाध्यक्षमा दुर्गा थापा मगर,सचिवमा लक्ष्मी मिश्र (पौडेल),कोषाध्यक्षमा सरस्वती गैर (पौडेल) निर्वाचित हुनु भएको छ । त्यस्तै बिहीबार भोलि नव निर्वाचित सबै पदाधिकारीले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । निर्वाचित पदाधिकारी सबैले पदभार ग्रहण गरिसकेपछि अध्यक्ष थापा मगरले कार्यसमितिको लागि सह-सचिव र सदस्यहरु नियुक्तिगरि कार्यसमिति निर्माण गर्ने अध्यक्ष थापा मगरले जानकारी दिनु भयो ।
कडा प्रतिस्पर्धाका साथमा सम्पन्न भएको निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बन्नु भएका थापा मगरले २ सय २१ मत प्राप्तगरि आफ्नो प्रतिद्वन्दी एमालेका नरेन्द्र बेलबासेलाई ९६ मतको अन्तरालले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । त्यस्तै उहाँका प्रतिद्वन्दी नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको लागि उम्मेदवार बन्नु भएका बेलबासेले जम्मा १ सय १५ मत प्राप्तगरि पराजय हुनु भएको छ ।
वनको अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष थापा मगरले सम्पूर्ण मतदातालाई हार्दिक धन्यवाद ज्ञापन समेत व्यक्त गर्नु भएको छ । यस्तै अध्यक्ष थापा मगरले आगामी दिनमा सामुदायिक वन भित्रका सम्पूर्ण अधुरो काम कार्यहरु गर्ने बताउनु भयो । त्यस्तै २०७९/०८० मा परिवर्तन हुँदै लागु हुने हरेक एन कानून बमोजिम खोजीपुर सामुदायिक वनको स्तर उन्नतिका निम्ति आफू अहोरात्र खटेर काम- कार्यहरु गर्ने अध्यक्ष थापा मगरले जानकारी दिनु भयो ।
