
pku
Lnp
Unsku
Ggp
Srbpu
Sgr
Pbu
Rgp1
Rgp

Hal
Rgu
Bbu
Sbs
Asm
Ssm
Sls
Rsb
Wsp
Vor
Bbbpu
Tsm
Pvg
Rgu
Ggd
nsb
Ksm
Rgs
Gst

Mks
Rpp
Pls
Gsb
Jmb
Jmb
sab
Rmb
Bml
Syp
Ptm
Abd
bbt
दाङ । लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा शहरी बिकाश मन्त्री चेतनारायण आचार्यले खानेपानीको सहज पहुँच बिना खानेपानी तथा सरसफाईको क्षेत्रमा लैंगिक समानता र सामाजिक समाबेशीताको ब्यबहारीक कार्यान्वय हुन नसक्ने बताउनु भएको छ ।
अहीले सम्म सचालित खानेपानीका धेरै जसो योजनाहरु शहर केन्द्रीत रहेको र ग्रामीण बस्तीका धेरै जसो महीलाहरु खानेपानीको सहज पहुचबाट टाढा रहेकोले खानेपानी र सरसफाईमा महीलाको सहभागिता बढाउनका लागी खानेपानीको सर्बशुलभ उपलब्धता हुनुपर्ने उहाँको भनाई थियो । युनिसेफ नेपालको आर्थिक सहयोग र लुमन्टीको ब्यबस्थापनमा आयोजित लुम्बिनी प्रदेश सरकार अन्र्तगत रहेको खानेपानी तथा सरसफाई सम्बन्धी ऐन तथा नितिगत ब्यबस्थाहरुमा लैङगीक समानता र सामाजिक समाबेशीकरण सम्बन्धि लुम्बीनी प्रदेश स्तरिय एक दिने कार्यशाला गोष्ठिीमा बोल्दै उहाले सो कुरा बताउनुभएको हो ।
मन्त्री आचार्यले कतीपय खानेपानीका योजनाहरु आबश्यकता र प्राथमिकताको आधारमा छनोट हुन नसक्दा ग्रामीण बस्तीका धेरै जसो महीलाहरुको समय खानेपानीको जोहो मै बित्ने गरेको परिदृश्य आफुले देखेको र त्यसको समाधानका लागी खानेपानीको योजना छनोटको बेला देखी नै आबश्यकतालाई प्राथमिकिकरण गरेर योजनाको छनोट गर्न आबश्यक रहेको बिचार ब्यक्त गर्नुभयो । खानेपानीको बढ्दो चुनौतिलाई समाधान गर्न सरकारले अब खानेपानी सम्बन्धि कानुनी र नितिगत कुराहरुलाई प्रथमीकतामा राखेर अगाडी बढने उहाको भनाई थियो ।
ईन्जीनियर सरोज न्यौपानेको स्वागत तथा बिषय प्रबेशबाट शुर भएको कार्यक्रममा रबिन बास्तोलाले खानेपानी तथा सरसफाईको क्षेत्रमा लैगिक समानता र समाबेशीताको अबस्था, बिधमान कानुन लैगिक समानता र समाबेशीताको नितिको बारेमा प्रशिक्षण दिनुभएको थियो भने लुमन्टीका कानुनी परामर्शदाता प्रतिभा न्यौपानेले खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि कानुनी संरचनाको औचित्यताको बारेमा प्रशिक्षण दिनुभएको थियो । सो अबसरमा लुमनटीका कार्यक्रम प्रमुख उद्धब भट्राईले प्रदेश स्तरमा खानेपानी तथा सरसफाई र लैङगिक समानता र समाबेशीताको कानुनी र नितिगत सवालमा प्रदेश सरकारलाई आबश्यक सहयोग गर्ने बताउनुभएको थियो । कार्यक्रममा लुम्बीनी प्रदेशका खानेपानी र सरसफाईका क्षेत्रमा कृयाशिल ब्यक्तीहरुको सहभागितारहेको थियो ।
