
Lnp
Sgr
Srbpu
Ggp
Unsku
Pbu
Rgp
pku
Rgp1

nsb
Pvg
Sbs
Hal
Rgu
Ssm
Ggd
Asm
Rgu
Vor
Sls
Gst
Rgs
Tsm
Bbu
Rsb
Ksm
Wsp
Bbbpu

bbt
Mks
Ptm
Bml
Gsb
Pls
Jmb
Jmb
Syp
Rpp
sab
Rmb
Abd
दाङ । बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टी पश्चिम र पुर्वी दाङ जिल्लाले भाेलि फागुन ५ गते प्रदर्शन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय नीति अनुसार शुक्रबार दिउँसो तुलसीपुरको बिपि चोक र घोराहीमा प्रदर्शन गर्न लागेको नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मलले जानकारी दिनु भयो ।
वित्तीय क्षेत्रको चर्को शोषण अन्त्य गर,राष्ट्रिय उद्योगी र व्यापारिलाई राहत दे,मिटर व्याजीलाई कार्बाही गर, लघुवित्त संस्थाको ज्यादती अन्त्य गर, ऋणिहरुको अवस्था छानबिन गर,पीडित जनताको व्याज मिनाहा गर लगायतका नारासहित प्रदर्शन गर्न लागिएको नेकपाले जनाएको छ । ‘एक अङ्कको ब्याजदर लागू गर, दलाल पूंजीवादी ब्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद लगायतका नारासहित प्रदर्शन गरिने नेकपा दाङले जनाएको छ ।
नेकपा पश्चिम दाङले भोलि तुलसीपुरका विभिन्न चोक परिक्रमा गर्दै बिरोध प्रदर्शन बिहान ठिक ११ बजे बिपि चोकमा पुगेर सभामा परिणत हुने बताएको छ । सभालाइ नेकपाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै नेकपा पुर्वी दाङले दिउँसो ठिक १ बजे घोराहीमा हुने बिरोध प्रदर्शनमा सहभागिताका लागि बिज्ञप्ति जारी गरेर उद्योग, व्यवसायी, बुद्दिजिवी, नागरिक समाज लघुवित्त पीडितहरु, मिटरव्याजी पीडितहरु, सरोकारवाला सबै जनसमुदायहरुलाइ हार्दिक अपिल गरेको छ । यस्तै देउखुरीको सिसहनियामा पनि बिरोध कार्यक्रम हुने जनाइएको छ ।
त्यस्तै बैंकहरुको चर्को व्याज,सेवा शुल्क र लघुवित्त संस्थाहरुले गरेको शोषण,मिटर व्याज विरुद्धमा नेकपा दाङ लगायत देशभर प्रदर्शन गर्न लागेको हो ।
