
Lnp
Rgp1
Srbpu
Pbu
Rgp
pku
Sgr
Ggp
Unsku

Rsb
Asm
Sls
Rgu
Gst
Wsp
Ksm
Tsm
Sbs
Pvg
Rgs
Ggd
Bbu
nsb
Vor
Rgu
Hal
Ssm
Bbbpu

Jmb
Bml
Jmb
Gsb
bbt
Abd
Syp
Rmb
Pls
Ptm
Mks
Rpp
sab
दाङ । अध्यात्म र विज्ञानकाे समुचित संयोजनबाट मात्र समुन्नत समाज रुपान्तरण सम्भव हुन सक्ने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले बताउनु भएको छ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र,नेपाल क्षेत्रीय कार्यालय राप्ती दाङको आयोजना एवं ब्रह्माकुमारीज लमही सेवा केन्द्रको सह आयोजनामा भएको कार्यक्रममा सो कुरा बताउनु भएको हो । समुन्नत समाज रुपान्तरणका लागि लागू औषध दुर्व्यसनरहित पर्व एवं अद्यात्म र विज्ञानकाे समुचित सन्तुलन र संयोजन हुनुपर्ने बताउदै पछिल्लो युवा पुस्ता लागू औषध दुर्व्यसनको लतमा फसेको भन्दै त्यसलाई दुर्व्यसनरहित समाजमा पुनःस्थापना गर्नु आजको ठुलो चुनौती भएको बताउनु भयो ।
त्यस्तै शिव जयन्तीलाई सकरात्मक भन्दा नकरात्मक बिषय बस्तु लाई गलत तरिकाले समाजमा प्रचार गरिएको भन्देै गलत कुरा लाई सुधार्न आवश्यक रहेको बताउनुभयो। शिव जी ले गाँजा भाँग धतुरो खाएको कतै पनि पुराणमा नलेखिएको बताउदै तर हाम्रो समाजले शिव जी को प्रसाद भन्दै शिवरात्री लगाएतका अन्य समयमा पनि गाँजा भाँग धतुरोको सेवन गरिरहेकोले त्यस्ता गलत प्रचार लाई गलत प्रवृत्ति लाई रोक्न आवश्यक रहेको बताउनु भयो।
त्यसैगरी कार्यक्रममा बोल्दै ब्रह्माकुमारीज इश्वरिय बिश्वबिद्धालय राप्ती क्षेत्रका क्षेत्रीय प्रमुख राजयोगिनी गीता दिदीले यतिबेलाको संसार लागुपदार्थ दुर्व्यसनको कुलतमा लिप्त भएको बताउदै त्यसको लागि सम्पुर्ण मानवजातिको प्राणरक्षाका लागि ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालयले एक महान अभियान चलाएको बताउनुभयो । हाम्रो समाज विभिन्न चाडपर्वको नाममा जस्तै शिवरात्रीमा प्रसाद भन्दै गाँजा भाङको अत्यधिक प्रयोग बढीरहेकोले त्यस्ता गलत कार्यहरूलाई नियुनिकरण गर्न ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय निरन्तर लागिपरेको बताउनु भयो। भगवान शिवले गाँजा भाँग धतुरो खाएर लठ्ठ पर्ने ज्ञान कहिल्यै कुनैपनि धार्मिक कितावमा उल्लेख पनि नभएको बताउदै शिव बाबाको नाममा गरिने गलत कार्यको निराकरण गर्न हामी सबै लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले समाजमा लागुपदार्थ, ईन्टरनेट, सामाजिक संजाल,ईन्टरनेट गेम जस्ता अनेकौँ खालका कुलतहरु मौलाउँदै गरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो। धर्मकाे नाममा स्थापित कु संस्कार कुरिती र बिकृतिहरुलाई समय सापेक्ष सुधार जरुरी रहेको बिचार ब्यक्त गर्नु भएको थियो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले महाशिवरात्री महोत्सव तथा लागू पदार्थ दुर्व्यशन बिरुद्धको साप्ताहिक अभियान जारी राखेको छ। अभियानमा प्रमुख प्रशिक्षकको रुपमा ब्रह्माकुमारीज राप्तीक्षेत्रका सचिव राजयोगी शिवलाल महतारा रहनु भएको छ ।
कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी याेगी, लुम्बिनी प्रदेश सभाका पुर्व सभासद रेवती रमण शर्मा,लमही नगरपालिकाका निवर्तमान नगर प्रमुख कुल बहादुर के सी, शसस्त्र प्रहरी सिमा सुरक्षा बलका एस पी सुशील पराजुली, लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी,लमही नगरपालिकाकी नि.उपप्रमुख देवका बेल्वासे,नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य,लमही नगरपालिका शिक्षा शाखा प्रमुख रबिन्द्र क्षेत्री,आदर्श मा.वि. देउपुरका प्रधानाध्यापक कुलचन्द्र पौडेल, ब्रह्माकुमारीज राप्ती क्षेत्र सह सन्चालिका ब्रह्माकुमारीज इन्दिरा,पत्रकार राधेश्याम गुप्ता, गणतन्त्र नेपाल डट कमका कार्यकारी सम्पादक आलोक भावुक,ब्रह्माकुमारीज लमही ब्यवस्थापन समितिका अध्यक्ष दामोदर पाण्डे लगायतको उपस्थिति रहेको थियो थियो । कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी याेगी,पत्रकार के.पी. घिमिरे लगायतकाले बोल्नु भएको थियो ।
यस्तै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र लमहीकी प्रमुख ब्रह्माकुमारी उमाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र घोराही दाङका प्रवक्ता ब्रह्माकुमार माधव तिमिल्सेनाले गर्नु भएको थियो ।
