
Unsku
Rgp1
Srbpu
Sgr
Pbu
Rgp
Ggp
Lnp
pku

Pvg
Vor
Rsb
Asm
Rgu
Hal
Rgs
Bbbpu
Sls
Gst
Rgu
Ssm
Bbu
nsb
Ksm
Sbs
Tsm
Wsp
Ggd

Rmb
Bml
sab
Jmb
Abd
Syp
Gsb
Ptm
bbt
Mks
Jmb
Pls
Rpp
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई यसबारे जिज्ञासा राखेका थिए ।
‘हामी सल्लाह गर्दैछौं । सकेसम्म यो (गठबन्धन) नटुटोस् भन्ने मेरो कोशिस छ,’ जवाफमा प्रधानमन्त्रीले भने । पार्टीको पदाधिकारी बैठकमा रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय बारे निर्णय नलिन सुझाव आएको समेत प्रचण्डले बताए ।
त्यस्तै ‘अदालतको पूर्णपाठ नआएसम्म आफैंसँग राख्न सुझाव धेरैको छ,’ उनले भने, ‘हामी सल्लाहमै छौं प्रधानमन्त्री प्रचण्डले बताएका छन्
।’
