
Djs
Srbpu
pku
sbs
Unsku
Sgr
Rgp1
Pes
Pbu
Rgp
Ggp
cjs
Lnp
Gfs

Ssm
Rsb
Bbu
Rgs
Rgu
nsb
Bbbpu
Sbs
Pvg
Vor
Hal
Wsp
Tsm
Gst
Sls
Ggd
Asm
Rgu
Ksm

Jmb
Abd
Ptm
bbt
Pls
Bml
Jmb
Rpp
Gsb
sab
Syp
Rmb
Mks
दाङ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा सोमवार गढवामा सम्पन्न भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल,सम्पर्क कार्यालय नेपालगन्जको आयोजनामा गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख बिजय राज पौडेलको विशेष उपस्थितिमा अख्तियार आयोगको काम, कर्तव्य र अधिकारसँगै जिल्लाबाट अख्तियारमा परेका उजुरीको संख्या, कुन पालिकाबाट कति, कुन–कुन शीर्षकका उजुरी लगायतका तथ्यांकहरू प्रस्तुत गरिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख बिजय राज पौडेलको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी र पुर्व राष्ट्रिय सभा सदस्य मिना बुढाको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
त्यस्तै कार्यक्रम बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख बिजय राज प्रमुख पौडेलले अख्तियारले गल्ती गर्ने लाई कार्वाही गर्नुको साथै गर्न नदिने हिसाबले अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भयो । अख्तियारको दुरुपयोग गर्न बाट रोक्न निरन्तर अघि बढेको बताउनु भयो । समाजका सबै ब्यक्तिहरु खारब नहुने र सबै राम्रो पनि नहुने बताउदै त्यसलाई सुधार गर्नका लागि अन्तक्रिया कार्यक्रमको आयोजना गरेको बताउनुभयो। केही राष्ट्र सेवककर्मचारीहरु बाट पनि कानुनको सही जानकारी नहुंदा गलत काम हुने गरेकोले त्यसलाई नियन्त्रण गर्न अभियान जस्तै अन्तरक्रिया कार्यक्रम चलाएको प्रमुख पौडेलले बताउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ ले एकताबद्ध भएर भ्रष्टाचार बिरुद्धमा लाग्न एकदम आवश्यक रहेको बताउनुभयो। राज्यको सम्पत्तिको रक्षा गर्ने जिम्मेवार निकाय लागे भ्रष्टाचार न्युनीकरण गर्न सकिने बताउनुभयो ।भ्रष्टाचार देशको नै ठुलो समस्याको रुपमा रहेको बताउदै अध्यक्ष पोख्रेलले आफु भ्रष्टाचार नगर्ने र गरे कसैलाई नछाडनके बताउनुभयो।
अन्तरक्रिया कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेसनलले निकाल्ने प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको तथ्यांकका बारेमा जानकारीसँगै भ्रष्टाचारभित्र पर्ने विभिन्न सूचकहरूका बारेमा समेत जानकारी गराइएको थियो । गढवा गाउँपालिका अन्तर्गत विगत ३ आर्थिक वर्षको उजुरीको अवस्था २०७७/७८ मा जम्मा ६ वटा उजुरी दर्ता भएको थियो जस्मधखये ४ उजुरी फर्च्यौट भएको छ भने २ बाँकी रहेको जानकारी दिनुभयो। त्यसैगरी २०७८/७९ मा जम्मा १५ उजुरी परेको मध्ये १० फर्च्यौट र ५ बाँकी रहेको छ भने २०७९/८० मा माघ महिना सम्म जम्मा ७ उजुरी परेको मध्ये १ को फर्च्यौट भएको छ भने ६ अझै बाँकी रहेको छ।
भ्रष्टाचारजन्य कसूर र सजायको बारेमा जानकारी दिइएको थियो साथै भ्रष्टाचार नियन्त्रणका लागि मौजुदा कानूनहरुको वारेमा जानकारी र छलफल गरिएको थियो । विगत पाँच बर्षको भ्रष्टाचारको अनुभूति सूचाकाङ्क अनुसार सन् २०१६ मा नेपाल २९ औ स्थानमा थियो भने सन् २०२१ सालमा ११७ औ स्थानमा पुगेको छ जुन भ्रष्टाचारमा चुर्लुम डुबेको मानिन्छ। यो बिश्वका १८० देशहरु यस सुचाकाङ्कमा सहभागी हुन्छन् र १०० अंक मध्ये ४० अंक वा सो भन्दा कम अंक ल्याउने मुलुकमा भ्रष्टाचारको भयावह अवस्था भएको मानिन्छ। भने ५० अंक वा सो भन्दा माथी अंक ल्याउने मुलुकमा भ्रष्टाचार नियन्त्रणमा रही सुशासन प्रवर्द्धन हुदै गएको मानिन्छ। सदाचार, निष्पक्षता, निर्भिकता, भ्रष्टाचार बिरुद्धको सहकार्यका लागि अपरिहार्य भन्ने मुल नाराका साथ भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धक सम्बन्धी गढवा गाउँपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रममा भएको हो।
यस्तै भ्रष्टाचार नियन्त्रण तथा सुशासनप्रवद्र्वन गर्ने कार्यक्रममा पालिकाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहितको सहभागिहरुले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभावसमेत दिनु भएको थियो।
