
Rgp1
Rgp
Lnp
Sgr
Srbpu
pku
Ggp
Pbu
Unsku

Bbbpu
Rgu
Wsp
Gst
Asm
Rgu
Sls
Rgs
Tsm
nsb
Hal
Rsb
Ksm
Sbs
Pvg
Bbu
Ggd
Ssm
Vor

Gsb
Rpp
Ptm
Mks
Rmb
Jmb
Jmb
Abd
bbt
Bml
Syp
sab
Pls
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरमा प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी टेक प्रसाद राई भर्खरै सरुवा भएर आउनु भएको छ ।
दाङको तुलसीपुरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारि सम्हाल्दै डिआइजी राईले प्रहरीको आचरण र व्यबहार नागरिक भन्दा उदाहरणीय हुनुपर्छ भन्ने कुरामा जोड दिनु भयो । आफू विभिन्न जिल्लाहरुमा बसेको सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै शान्ती लसुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाँकी नराख्ने डिआइजी राईले जानकारी दिनु भयो । धेरै जिल्लाहरुमा बिशेष अप्रेसन चलाएर भएपनि जनतालाइ शान्ती सुरक्षा अमन चयन कायम गर्ने सवालमा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
त्यस्तै धेरै जिल्लामा आफू बसिसकेको हुँदा त्यहाको शान्ती सुरक्षा बारे बुझ्ने मौका पाइसकेको र अहिले प्रहरि प्रमुखको जिम्मेवारी पाउदा आफू थप उत्साहीत भएको बताउनु भयो । अपराध नियन्त्रण गर्ने प्रमुख निकाय प्रहरी प्रशासन भएपनि त्यसका लागि सबैको सकारात्मक भूमिका हुनुपर्ने उहाँले बताउनु भयो । समयमै प्राप्त हुने सुचना र जानकारीले अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने भन्दै प्रहरीलाई सुचना दिएर सघाउन डिआईजी राईले आग्रह गर्नु भएको छ ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा निःशुल्क निवेदन लेख्ने प्रहरी प्रमुखहरुलाई व्यवस्था गर्न निर्देशन दिनु भएको छ । साथै उहाँले बुधबार पत्रकार भेटघाट कार्यक्रममा रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष हेमराज धितालको घटनाबारे लुम्बिनी प्रदेश प्रहरीले थप अनुसन्धान गरि कानुनी कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त समेत गर्नु भएको छ । यस्तै डिआईजी राईले १२ वटै जिल्लामा लुम्बिनी प्रदेशको विशेष प्रहरी टोली परिचालन गरेर जिल्लामा हुने सम्पूर्ण अपराधीक गतिविधिको घटना खुला सिमामा भन्सार छली चोरी तस्करी नियन्त्रणमा उल्लेख्य काम प्रहरी टोली खटाएको छ काम नगर्ने प्रहरी कर्मचारीलाई केही दिनमै ठाँउको ठाँउ कार्वाही गर्ने समेत बताउनु भयो ।
लुम्बिनी प्रदेश आफैमा सुरक्षा चुनौती भएको प्रदेश भएकाले यहाँ डिआइजी राईलाई बिभागले उत्कृष्ट कार्य सम्पादनका आधारमा जिम्मेवारि दिइएको प्रहरी स्रोतले बताएको छ ।सिधा-पत्र डटकमका क्राइम बिट प्रमुख:सागर थापाद्वारा लुम्बिनी प्रदेशमा भरखरै सरुवा भएर आउनु भएका डिआइजी टेक राईलाई स्वागत गर्दै गरेको तस्बिर । 
