
Ggp
Pbu
Lnp
Srbpu
Sgr
Unsku
Rgp
Rgp1
pku

Gst
Ksm
Sbs
Bbbpu
Rgu
Ssm
Hal
Tsm
Pvg
Rsb
Vor
Sls
Wsp
nsb
Asm
Bbu
Ggd
Rgs
Rgu

Mks
Abd
Jmb
Rmb
Ptm
sab
Syp
Gsb
bbt
Pls
Rpp
Jmb
Bml
काठमाडौं । संघीय संसद भवन अगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।
आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो । स्रोतका अनुसार आचार्यको शव श्रीमती आइपुगेपछि मात्रै अस्पतालबाट निकालिएको छ ।
त्यस्तै आत्मदाह गर्नुअघि आचार्यले सबै उपाय लगाउँदा पनि केही उपाय लागेन भन्दै लामो स्टाटस लेखेका थिए ।
