
Sgr
Rgp
Pbu
pku
Unsku
Rgp1
Ggp
Lnp
Srbpu

nsb
Pvg
Rsb
Ggd
Rgu
Ksm
Rgs
Sls
Sbs
Rgu
Wsp
Hal
Tsm
Ssm
Asm
Gst
Bbbpu
Bbu
Vor

Rmb
Ptm
Bml
Syp
Rpp
Mks
Gsb
sab
Jmb
Pls
bbt
Jmb
Abd
दाङ । देउखुरीको गढवा गाउँपालिकाद्वारा नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको छ । पालिका भित्र रहेका अति बिपन्न,जनजाति,दलित मुस्लिम,मधेसी लगायतको समुदायलाई लक्षित गरेर गढवा गाउँपालिकाको आठ वटै वडाबाट सहभागिता हुनेगरी सहभागी गराएको गढवा गाउँपालिकाले जनाएको छ ।
सोमवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी ५० दिने लोक सेवा तयारी कक्षाको उद्घाटन गरिएको हो ।
गढवा गाउँपालिकाले निजामती सेवामा प्रवेश गर्न चाहने तर आर्थिक अवस्था कमजोर रहेका महिला, पुरुष दुबैका लागि नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा (पोख्रेल)ले जानकारी दिनु भयो । पालिकाबासी विद्यार्थी भाई-बहिनीहरुले लोक सेवा पढ्न चाहेको तर आर्थिक लगायत विभिन्न समस्याहरुका कारण पढ्न नपाउने कारण अन्त्य गर्नका लागि नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बताउनु भयो । विभिन्न लक्षित समुदायको बजेटलाई केन्द्रित गरेर नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको जानकारी दिनु भयो।
त्यस्तै नि:शुल्क लोक सेवा तयारी कक्षा लिएर लोक सेवा पास गर्दा पालिकाको योजना सफल हुने बताउदै यो कक्षा सकिए पछी अन्य विद्यार्थी भाई, बहिनीले पनि नि:शुल्क लोक सेवा तयारी कक्षा पढ्न इच्छुक भए पुनः अर्को कक्षा सञ्चालनको लागि तयारी गरिने आश्वासन दिनु भयो । ५० दिने लोक सेवा तयारी कक्षाले मात्र सबै नपुग्ने भएकोले थप मिहिनेत र तयारी अनावश्यक रहेकोले थप मिहेनत गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर – ५ का वडाध्यक्ष लेखराज थापा, – ६ का वडाध्यक्ष बिर बहादुर आले मगर,मुक्त कम्लहरी विकास मञ्चकी फिल्ड संयोजक ज्ञानु थापाले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने गढवा गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगरले पञ्चायत कालमा सरकारबाट एउटा पेन्सिल पनि सहयोग नहुने स्मरण गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रमा नि:शुल्क लोक सेवा तयारी कक्षा लिन पाउनु ठुलो उपलब्धि भएको बताउनु भयो । पालिकाले समाजका गरिव-दुखी सर्वहारा टुहुरा सबै बर्गलाई शिक्षा स्वास्थ्य जस्ता अति महत्वपूर्ण कुराहरु नि:शुल्क प्रदान गरेको बताउदै भरपुर फाइदा लिनु पर्ने बताउनु भयो । ५० दिनको तयारी कक्षाले मात्र नपुग्ने भएकोले थप मिहेनत स्वयं आफैले गर्न आवश्यक रहेको वडाध्यक्ष आलेले बताउनु भयो।
त्यसैगरी उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर – ५ का वडाध्यक्ष लेखराज थापाले नि:शुल्क लोक सेवा तयारी कक्षालाई ५० दिन नै अनुशासनमा रहेर पुरा गर्न अनुरोध गर्नु भयो । पहिलो कक्षामा उत्साहपुर्वक उपस्थिति र अन्त्यमा न्युन हुने अन्य ठाउँको जसरी नगर्न अनुरोध गर्नु भयो ।समयवधीभर सहज तरिकाले नि:शुल्क कक्षा लिनुहुन उपस्थित सबैमा अनुरोध गर्नु भयो।
गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।
