टेकबहादुर पुन/जिल्ला ब्युरो बिहिबार, माघ ०५, २०७९

दाङ । देउखुरीको लमहीमा छैँठौ कृषि,पर्यटन तथा ब्यापारिक महोत्सब शुरु हुने भएको छ ।

‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने नारा सहित देउखुरी उद्योग बाणिज्य संघले महोत्सबको तयारी थालेको छ । यहीँ माघ १२ गतेदेखि २५ गतेसम्म महोत्सब चल्नेछ । अजम्बरी सामुदायिक बनको पिकनिक स्थल (जैबिक बिबिधता पार्क पछाडी) महोत्सब शुरु गर्नेगरी सम्झौता भएको छ ।

आयोजकले बुधवार लमहीमा पत्रकार सम्मेलन गरि महोत्सब लाग्ने सम्बन्धि जानकारी गराएको हो । पछिल्लो समय खस्किदो ब्यापारलाई उकास्न र पर्यटकिय क्षेत्रलाई परिचित गराउन महोत्सबको आयोजना थालिएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताए ।

महोत्सबमा विभिन्न जातजाती भाषा,भाषीको सँस्कृती झल्किने साँस्कितिक कार्यक्रमहरु हुनेछन । स्थानिय तथा राष्ट्रिय कलाकारहरुको उपस्थित हुने महोत्सबमा कृषीका स्टल, ब्यापारिक स्टल लगायतका रहनेछन । स्टल बुकिङ्ग खुल्ला गरि सकिएको छ ।

त्यस्तै आयोजकले अपाँगता र बृद्धअबस्थाका ब्यक्तीहरुलाई फ्रि टिकेटको ब्यबस्था गरिने जनाएको छ । बिद्यार्थीको हकमा ४५ प्रतिसत छुट रहनेछ भने अन्यका लागि १ सय रूपैया टिकट दर कायम गरिएको छ । उक्त मेला सम्बन्धि छलफलमा रेडियो हाइवेका स्टेसन म्यानेजर केपी घिमिरे, नेपाल पत्रकार महा संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्यले, नेपाल टेलिभिजनका दाङ सम्बाददाता दशरथ घिमिरे,राप्ती टेलिभिजनका स्टेसन म्यानेजर सन्तोष कुमार गुप्ता,रेडियो हाइवेका समाचार प्रमुख लिला शाह,समाजसेवी एवं बुद्धिजीवी सनम पौडेल लगायतकाले आफ्नो सुझाव दिनु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]