
Lnp
Rgp1
Rgp
Ggp
Unsku
Srbpu
Pbu
pku
Sgr

Bbu
Pvg
Ksm
Vor
Ssm
Rsb
Asm
Tsm
Ggd
Rgu
Wsp
nsb
Sbs
Hal
Sls
Rgs
Rgu
Bbbpu
Gst

Rmb
Mks
bbt
Jmb
Abd
Gsb
Jmb
sab
Pls
Ptm
Syp
Rpp
Bml
दाङ । सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुरुप सहकारी संस्थाहरु संचालन गर्न र लगानी डुब्न नदिन सहकारी संस्थाहरु चनाखो हुनुपर्ने गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनु भएको छ ।
सहकारी संस्थाहरुलाई नियमन गर्न गाउँपालिकामा सहकारी शाखाको समेत ब्यवस्थापन गरिसकेको उहाँले बताउनुभयो । गढवा गाउँपालिका क्षेत्रको पुरानो तथा महिलाहरुले मात्र सञ्चालन गरेको चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष चौधरीले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै पालिका स्तरमा रहेका सहकारी संस्थाहरुका गतिबिधि सुच्छ्म रुपले नियाल्न र सहकारीहरुलाई निति नियम र मुल्यमान्यताको परिधिभित्र थप ब्यवस्थित ढंगले सञ्चालन तथा नियमन गर्न गढवा गाउँपालिकाले आगामी हिउदे सभाको अधिवेशन मार्फत बिधेयक ल्याई कानून निर्माण गर्ने तयारीमा रहेको समितिका संयोजक तथा गढवा ५ का वडा अध्यक्ष लेखबहादुर थापाले जानकारी दिनुभयो ।
सो अवसरमा गढवा गाउँपिालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेले गढवा क्षेत्रमा एकाध सहकारीहरुले ब्यवसायिहरुलाई निकै संकटमा पारेर पलायन भैरहेको हुदा चनाखो ढंगले सहकारी चलाउन आव्हान गर्नुभयो । महिलाहरुमा इमान्दारिता र लगानशिलता हुने भएकोले चेतनशिल सहकारी अब्बल बन्न सकेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नव स्वर्गद्धारी महिला सहकारी संस्थाका अध्यक्ष रेखा थापा,गढवा उद्योग बाणिज्य संघका सचिव मधा न्यौपाने,गढवा होटल ब्यवसायि संघका अध्यक्ष दयाराम थापा,दलित शसक्तिकरणका कोषाध्यक्ष जया बिश्वकर्मा,पत्रकार शिबराज पन्थी र दक्षिण देउखुरी अधिकार मञ्चका पूजा चौधरी लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । सो अवसरमा असल बचतकर्ता एञ्जीला कँडेल,सिता पौडेल र असल ऋणि मञ्जु चौधरी तथा बिष्णु थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका सचिव उत्तम चौधरीले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष शुसीला सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०६३ सालमा स्थापित उक्त सहकारीले हालसम्म ३ करोड १३ लाख ४४ हजार बराबरको कारोवार गरेको साधारणसभामा जानकारी गराइएको थियो । इश्वरा पाठकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका ब्यवस्थापक ओभा पाठकले गर्नुभएको थियो ।

