
Rgp1
Srbpu
Ggp
Sgr
Rgp
Lnp
Pbu
pku
Unsku

Sls
nsb
Rgs
Sbs
Tsm
Vor
Rsb
Ksm
Ssm
Pvg
Hal
Ggd
Bbbpu
Asm
Bbu
Rgu
Wsp
Gst
Rgu

Pls
bbt
Jmb
Ptm
Syp
Rpp
sab
Bml
Rmb
Mks
Jmb
Gsb
Abd
काठमाडौं । धनुषामा मापदण्ड विपरीत सञ्चालित ५ वटा क्रसर र बालुवा वासिङ्ग उद्योगलाई शिल गरिएको छ । संयुक्त अनुगमन समिति, धनुषाले मिथिला नगरपालिकामा संचालित २ वटा क्रसर उद्योग र ३ वटा बालुवा वासिङ्ग उद्योगमा शिल गरेको हो ।
बर्दिवास नगरपालिका वडा नम्बर १ महोत्तरी बस्ने मन्जु क्षेत्रीले धनुषाको मिथिला नगरपालिका-१० मा सञ्चालन गरेको धनेश्वर क्रसर उद्योग र श्रीपुर गाविस-३, महोत्तरी बस्ने विनोद साहले धनुषाको मिथिला नगरपालिका-९ मा सञ्चालन गरेको सुमित क्रसर उद्योगमा शिल गरिएको हो ।
सरपल्लो गाविस-४, महोत्तरी बस्ने रामबाबु ठाकुर र धनुषाको बेंगाडावर बस्ने बेचन ठाकुर वरहीले संयुक्त रुपमा धनुषाको मिथिला नगरपालिका–१० मा सञ्चालन गरेको जय बजरंग बालुवा प्रशोधन उद्योग, धनुषाको बेंगाडावर-६ बस्ने बिजय शर्माले मिथिला नगरपालिका-३, हरिहरपुरमा सञ्चालन गरेको औरही बाबा बालुवा प्रशोधन उद्योग र धनुषाको जनकपुर-१३ बस्ने शिवजी साह र जनकपुर-२१ बस्ने महादेव साहले संयुक्त रुपमा धनुषाको मिथिला नगरपालिका-३ मा सञ्चालन गरेको जय शिव भोले बालुवा गिट्टी वासिङ्ग उद्योगमा शिल गरिएको अनुगमन टोली संयोजक समेत रहेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।
त्यस्तै क्रसर उद्योगहरुले नवीकरण नगराएको, नदी नालाको छेउमै उद्योग सञ्चालन गरेको, मानव बस्तीमा असर पारेको एवं बालुवा वासिङ्ग उद्योगहरुले क्रसर उद्योग सरह बालुवा उत्खन्न लगायतका कार्य गर्ने गरेको, नयाँ मापदण्ड अनुसार प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन पारित नगराएको लगायतका न्युन्तम मापदण्ड समेत पालना नगरेको ठहर गर्दै तत्कालै कामकाज बन्द गर्ने गरी शिल गरिएको अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका जितेन्द्र प्रसाद सिंहले जनाए ।
आइतबार अनुगमन गरिएको ५ वटै क्रसर तथा बालुवा वासिङ्ग उद्योगहरु मापदण्ड विपरीत पाइएको ठहर गर्दै तत्कालै कामकाज बन्द गर्ने गरी शिल गरिएको उनले बताए । धनुषामा ११ वटा क्रसर उद्योग र २१ वटा बालुवा वासिङ्ग उद्योग दर्ता भए पनि अधिकांश उद्योगले नवीकरण नगराएको तथा कुनै पनि क्रसर उद्योगले नवीकरण नगराएको घरेलु तथा साना उद्योग कार्यालय, धनुषाको तथ्यांकले देखाएको छ ।
गृह मन्त्रालयले केही दिन पूर्व ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई मापदण्ड विपरीत सञ्चालित क्रसर तथा बालुवा वासिङ्ग उद्योगलाई कारबाही गर्न गरेको पत्राचार अनुसार अनुगमन समितिले धनुषाले सक्रिय भएको छ ।साभार अनलाइनखबर
