
Sgr
pku
Ggp
Rgp1
Rgp
Pbu
Srbpu
Lnp
Unsku

Gst
Sbs
Ksm
Vor
Bbbpu
Bbu
Hal
Tsm
Rgu
Sls
Pvg
Ggd
Rgu
Wsp
nsb
Rgs
Ssm
Rsb
Asm

Jmb
Rpp
Ptm
Gsb
Mks
bbt
Pls
Bml
Rmb
Abd
Syp
Jmb
sab
दाङ । दाङको राजपुर गाउँपलिका–२ बेला स्थित जिल्ला कै उत्कृष्ट जनज्योती माध्यमिक विद्यालयमा शिक्षक स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरिएको छ ।
विद्यालयले बुधबार आज एक औपचारीक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयबाट अन्यत्र जान लागेका निवर्तमान शिक्षकहरूलाई बिदाई तथा नवनियूक्त शिक्षकहरूलाई स्वागत गरेको हो ।
अन्यत्र जान लागेका निवर्तमान शिक्षकहरुलाई विद्यालय परिवारले सम्मानका साथ टिका माला सहित कदरपत्रले सम्मान गर्दै बिदाई गरेको थियो । बिदाई हुनेमा शिक्षक शिव कुमार यादव, देशराज गुप्ता,दामोदर चौधरी,रोशन यादव,शिक्षिका दुर्गा कवँर,शान्ता चौधरी,जमुना यादव,रोशनी चौधरी, समिना चौधरी,प्रतिमा चौधरी रहनु भएको छ भने नवआगन्तुक शिक्षक स्वागतमा मेनका थापा, गिरी राज भट्ट,चन्द्रिका प्रसाद यादव,श्रवण कुमार यादव, घनश्याम डिसी,लीलाराम चौधरी,सनवत कुमार यादव,विपना रोका,रक्षा कुमारी यादव र मिना घर्ती रहनु भएको थियो।
यस्तै कार्यक्रममा मन्तव्य राख्दै विद्यालयका प्रधनाध्यापक तथा कार्यक्रमका प्रमुख अथिति केशव राम यादवले अन्यत्र जान लागेको निवर्तमान शिक्षकलाई सफल कार्यकालको लागि बधाई तथा सम्मान सहित विदाई गर्नु भएको थियो भने नवनियुक्त शिक्षकलाई स्वागत गर्दै आगामी कार्यकालको शुभकामना दिनु भएको थियो ।
डिल्ली राज चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशव राम यादव, सहायक प्रधानाध्यापक भानुनाथ योगी,अंग्रेजी माध्यम संयोजक आगम सिंह यादव लगायत शिक्षक,विद्यार्थीहरुको उपस्थित रहेको थियो। कार्यक्रम मिन बहादुर चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक भानुनाथ योगीले गर्नुभएको थियो।

