
Ggp
Pbu
Unsku
Srbpu
Lnp
Rgp
Sgr
Rgp1
pku

Sls
Bbu
Ksm
Wsp
Rsb
Pvg
Ggd
Ssm
Tsm
Bbbpu
Rgu
Rgu
nsb
Sbs
Rgs
Gst
Hal
Asm
Vor

sab
Mks
Gsb
Bml
Pls
Jmb
Syp
Jmb
Ptm
bbt
Rpp
Abd
Rmb
दाङ। कम्बोडियास्थित पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार राती आगलागी हुँदा झापा बिर्तामोड नगरपालिका १ निवासी ४० वर्षीय निराकर पाण्डे ज्यान गएको हो।
सो क्यासिनोमा आगलागी हुँदा पाण्डेसहित १९ जनाको मृत्यु भएको छ भने ६० बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। पाण्डे बिर्तामोड नगरपालिका–१ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा हुन्।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपक ओलीको सहयोगमा एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खडकाले दिएको जानकारी अनुसार होटेलमा आगलागी हुँदा निराकर त्यही फेसेका थिए। घण्टौँसम्म आगो नियन्त्रणमा नआउँदा उनले आफूलाई बचाइदिन एनआरएन खड्कासँग अनुरोधसमेत गरेका थिए। उनले पटक पटक घरका परिवारजन र साथीभाइसँग भिडियो कलमार्फत कुराकानी समेत गरेका थिए।
होटेलबाट बाहिर निस्किने सबै ढोकाहरू बन्द भएको र अब बाच्ने कुनै सम्भावना नरहेपछि उनले आफूलाई बचाउन होटेलको १२ तलाबाट हाम फालेका थिए। होटेलबाट हाम फाल्नुअघि उनले आँखाबाट आँसु झार्दै परिवारजनसँग एक घण्टा बढी लामो गफगाफ गरेका थिए। उनले बोलेको भिडियो कुराकानीमा ९ वर्षीय छोरा आर्मनलाई सम्झाउँदै भनेका छन् , ‘सानी, मेरो आँखाको नानी, बाबु म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ यु। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैँ सम्झिनुहुन्छ है बाबु। आर्मन इज द वेस्ट है सानु।’
उनले भने, ‘अब सुन है, मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठुलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा।’ ‘कसैलाई चिट गर्नुहुँदैन, फ्रड गर्नुहुँदैन। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाइदिनु। माइजूहरूलाई चित्त नदुखाइदिनु तिमीले। उहाँहरूले धेरै गर्नुभएको छ, माइजूहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठुलो मान्छे बन्नू। ज्ञानी हुनू’, उनले भने, ‘ अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ। उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु।’
त्यस्तै उनले आफ्नो छोरोलाई परिवारजनका अन्य सदस्य र आफन्तलाई माया र इज्जत गर्न भनेका छन्। उनले कसैलाई फ्रड नगर्नु, ज्ञानी बन्नु भनेर छोरालाई दिएको त्यो उपदेश नै अन्तिम कल भएको पारिवारिक स्रोतले जनाएको छ। अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष ओलीले समेत आफ्नो गृह जिल्ला झापाका पाण्डे आगलागीमा परेको थाहा पाएपछि सबै नेटवर्क प्रयोग गरे पनि उनलाई बचाउन नसकेको जानकारी दिएका छन्। हाल पाण्डेको शवलाई आइसमा राखिएको उनले बताए।
