
Rgp
Srbpu
Rgp1
Pbu
Lnp
pku
Sgr
Unsku
Ggp

Bbu
Hal
Wsp
Rsb
Ggd
Rgu
nsb
Vor
Asm
Ssm
Pvg
Rgu
Sbs
Ksm
Rgs
Gst
Bbbpu
Tsm
Sls

Mks
Syp
Abd
Rmb
Ptm
Bml
Pls
Jmb
sab
Rpp
bbt
Gsb
Jmb
दाङ । गढवा गाउँपालिकाद्वारा सामुदायिक विद्यालयहरुमा छड्के अनुगमन गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष र शिक्षा शाखा प्रमुख सहितको टोलीले मंगलवार गढवाको बिभिन्न सामुदायिक विद्यालयहरुमा पुगि अनुगमन गरेको छ ।
अनुगमनका क्रममा विद्यालयमा शिक्षक,अभिभावक र विद्यार्थीसँग विद्यालयका समस्या, समाधान र गुणस्तरीय शिक्षा बारे छलफल समेत गरिएको छ । साथै विध्यालयमा भैरहेको गतिविधि लाई विध्यार्थीहरु संग छलफल गरिएको हो ।
अनुगमनको क्रममा विध्यालयमा शिक्षक शिक्षिकाहरुको हाजिरी चेकजाँच, विध्यार्थीहरुको पढाइको क्षमता जांच र भौतिक संरचनाहरुको विवरण टिपोट गरिएको छ । मंगलवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘बिस्वास’ गढवा गाउँपालिका शिक्षा प्रमुख श्याम बिक, सामाजिक विकास संयोजक तथा वडा नम्बर – १ का अध्यक्ष बाबुराम अधिकारी, सामाजिक विकास समितिका सदस्य तथा वडा नम्बर – ५ का वडाध्यक्ष लेखराज थापा, शिक्षा समिति सदस्य तथा वडा नम्बर – ६ का वडा सदस्य दिनमणी आचार्य, कार्यपालिका सदस्य रमा भण्डारी, प्रेस संयोजक उमानाथ यादव(आलोक भावुक) लगायतको टिमले संयुक्त रुपमा चार वटा सामुदायिक बिद्यालयहरुको अनुगमन गरेको छ ।
सरस्वती आधारभुत विद्यालय गढवा – ७ चन्दनपुर, ज्ञान ज्योति प्राथमिक विद्यालय गढवा-७ मानपुर, बालकल्याण आधारभुत विद्यालय गढवा-६ बालाखुटि, दुर्गा आधारभूत विद्यालय गढवा-६ मनिकापुर र आधारभूत विद्यालय गढवा-५ कक्रहवामा विध्यालयमै पुगेर अनुगमन समितिले बिभिन्न बिषय बस्तुको बारेमा सोधपुछ गरेको छ।
गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरलाई प्रभावकारी बनाउन कसरी सकिन्छ भनेर स्थलगत अवस्था बुझ्न अनुगमन गरिएको गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भयो । अनुगमनको क्रममा विध्यालयका प्रधानाध्यापक र शिक्षक शिक्षिकाहरुसंग कुरा गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अध्यापनलाई एसइइ को रिजल्ट मा मात्र केन्द्रित नभई शिशु कक्षा देखीनै विध्यार्थीहरुको क्षमता विकाश हुने किसिमको शिक्षा दिन अनुरोध गर्नु भयो। विद्यार्थीहरुको तल्लो कक्षा बाट नै पढाई राम्रो हुदै गए एसइइ को नतिजा स्वतः राम्रो आउने बताउदै सम्पूर्ण प्रधानाध्यापकहरु, शिक्षक र शिक्षिकाहरु लाई अनुशासन, समय र जिम्मेवारीपुर्वक विध्यालयमा अध्यापन गराउन अनुरोध गर्नु भयो।
त्यस्तै केही विद्यालयहरुमा शिक्षाको गुणस्तर एकदम न्युन भएको पाईएकोले तत्काल सुध्रिन र जिम्मेवारी निभाउन अनुरोध समेत गरिएको शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले जानकारी दिनुभयो । विद्यालयको अनुगमनको क्रममा शिक्षकको उपस्थितिमा कमी, अध्ययन सामग्रीको प्रयोगमा कमी, विद्यार्थी, शिक्षक, कर्मचारी पोषाकमा निरन्तरताको अभाव, विध्यालय क्षेत्र तथा कक्षाकोठामा सरसफाईको अभाव, विध्यालय व्यवस्थापन समिति तथा अभिभावकको न्युन उपस्थिति लगायतका समस्या देखिएकोमा यथासिघ्र समस्या समाधान गर्न सुझाव तथा निर्देशन गरिएको छ। अनुगमनको क्रममा विध्यालयको भौतिक निर्माण वा अति आवश्यक कार्यलाई गाउँपालिकामा माग गर्न समेत प्रत्येक विद्यालयलाई अनुरोध गरिएको छ।

