
Rgp
Sgr
Unsku
Ggp
Pbu
Srbpu
pku
Rgp1
Lnp

Ssm
Rgu
Rgs
nsb
Wsp
Tsm
Sbs
Rgu
Gst
Bbu
Sls
Ggd
Ksm
Rsb
Hal
Pvg
Asm
Vor
Bbbpu

Rpp
Ptm
Rmb
sab
Jmb
Jmb
Syp
Gsb
Mks
Abd
Bml
bbt
Pls
दाङ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको सञ्चार ऐनमा भएको त्रुटिलाई सुधार गर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको ३० ओैं स्थापना दिवस तथा २१ ओैं साधारणसभालाई सोमबार तुलसीपुरमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका सञ्चार मन्त्री शर्माले संसदले सञ्चार नीतिमा पास गरेको कुरालाई प्रदेश प्रमुखले हस्ताक्षर मात्र गरेको बताउँदै त्यसमा भएको कमी कमजोरीलाई सुधार गरेर लैजाने बताएका छन् । सञ्चार मन्त्री शर्माले समाचार संप्रेषण गर्दा गलतलाई गलत, सही लाई सही लेख्न सक्नुपर्ने बताएका छन् ।
त्यस्तै उनले सत्य तथ्य कुरा पत्ता लगाई समाचार संप्रेषण गर्न पनि सुझाव दिएका छन् । पत्रकार संवेदनशील तथा जिम्मेवार भएन भएन समाज दुर्घटनामा जाने हुँदा त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन् । दाङमा सञ्चारको क्षेत्रले महत्त्वपूर्ण भुमिका लेखेको बताएका छन् ।
महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
महासंघका उपाध्यक्ष बसुन्धरा गाैतमको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा सल्लाहकार सुदिप गाैतम,महासंघका संस्थापक टिकाराम रेग्मी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चाैधरी,नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी,नेपाली कांग्रेस दाङका सहसचिव राजु आचार्य,नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्य,राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेेश आचार्य,नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष चुर्णबहादुर वली, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य भरत रेग्मी, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओली,सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य संगित बस्याल,मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति नवीन पोख्रेल, नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय अध्यक्ष मुरारीकुमार शर्मा,प्रेस चाैतारी नेपाल दाङका अध्यक्ष इन्द्र डिसी, प्रेस युनियन दाङका कार्यवाहक अध्यक्ष नारायण खड्का,क्रान्तिकारी पत्रकार संगठनका हिरामणी दुखी, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष महेश रिजाल,नेपाल पत्रकार महासंघ दाङ शाखाका निर्वतमान सचिव भुपेन्द्र वली,जनपत्रकार संगठनका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वली,सिस्नोपानी दाङका अध्यक्ष डा.लोकराज पराजुली,पव्लिक ज्ञानज्योती कलेजका प्रमुख सुरेन्द्र जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष सन्तोष सुवेदीले धन्यवाद दिएका थिए भने कार्यक्रमको सञ्चालन महासंघका सचिव आरके शितलले गरेका थिए ।

