
Pbu
Rgp1
pku
Lnp
Ggp
Sgr
Rgp
Unsku
Srbpu

Rsb
Gst
Asm
Hal
Rgu
Tsm
Ggd
Wsp
Rgs
Bbu
Pvg
Ssm
Vor
Sbs
nsb
Bbbpu
Ksm
Sls
Rgu

Jmb
Abd
Mks
Ptm
Rpp
Gsb
Pls
Jmb
Syp
sab
Bml
Rmb
bbt
काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पाँच जनालाई कारबाही गरेको छ । काङ्ग्रेसको केन्द्रीय अनुशासन समितिले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै पाँच जनालाई कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा काङ्ग्रेस हुम्लाका महासमिति सदस्य मङ्गलबहादुर शाही,बाराका महाधिवेशन प्रतिनिधिद्वय रविन्द्रप्रसाद (रोशन) यादव, वीरेन्द्रप्रसाद यादव,क्रियाशील सदस्य धर्मेन्द्रप्रसाद यादव र जिल्ला सदस्य राम एकवालप्रसाद यादव रहेका छन् । अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले कांग्रेसको विधान बमोजिम पाँच वर्षका लागि सदस्यसमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको जानकारी दिए ।
त्यस्तै काङ्ग्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र आधिकारिक उम्मेदवारलाई असहयोग गरेका नेता तथा कार्यकर्ताको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरेको छ ।
