
Rgp1
pku
Pbu
Ggp
Unsku
Lnp
Srbpu
Sgr
Rgp

Wsp
Hal
Ggd
Ksm
Gst
Asm
Vor
Sbs
nsb
Sls
Ssm
Rsb
Bbu
Bbbpu
Rgs
Rgu
Rgu
Tsm
Pvg

Pls
Rpp
Jmb
Syp
Rmb
Mks
Abd
Jmb
bbt
Ptm
sab
Gsb
Bml
प्युठान। तरुणदलले प्युठान भालुवाङ सडकखण्ड तत्काल मर्मत गर्न माग गर्दै सडक डिभिजन कार्यालय प्युठानको ध्यानाकर्षण गराएको छ। सडक मर्मतका लागि दवाव दिन भन्दै तरुणका नेता तथा कार्यकर्ताहरुले कार्यालय अगाडि एक घण्टा धर्ना समेत दिए ।
सडक जीर्ण हुँदा यात्रुहरुले दिनहुं सास्ती झेल्नुपरेको भन्दै सडक तुरुन्त मर्मत गर्न सडक डिभिजनको ध्यानाकर्षण गराईएको तरुण दल प्युठानका उपाध्यक्ष रोयल कृष्णले जानकारी दिए। उनले भने, ‘सडक मर्मत गर्न सडक डिभिजनसंग माग गरेका छौं।’
सडक सुधारको काम अघि नबढे तरुणले आन्दोलन गर्ने उनले चेतावनी दिए। अहिले सडकको कालोपत्रे उप्केर खाल्डाखुल्डी बनेको छ । बर्षामा गएको पहिरो समेत राम्ररी नपन्छाईदा दुर्घटनाको जोखिम बढेको छ। यो सडकखण्ड मर्मतसम्भार हुन नसक्दा रोल्पा तथा प्युठानका हजारौँ यात्रुले दैनिक कष्टकर यात्रा गर्नुपरेको छ ।
