Sidha Patra सोमबार, आश्विन ३१, २०७९

प्युठान। तरुणदलले प्युठान भालुवाङ सडकखण्ड तत्काल मर्मत गर्न माग गर्दै सडक डिभिजन कार्यालय प्युठानको ध्यानाकर्षण गराएको छ। सडक मर्मतका लागि दवाव दिन भन्दै तरुणका नेता तथा कार्यकर्ताहरुले कार्यालय अगाडि एक घण्टा धर्ना समेत दिए ।

सडक जीर्ण हुँदा यात्रुहरुले दिनहुं सास्ती झेल्नुपरेको भन्दै सडक तुरुन्त मर्मत गर्न सडक डिभिजनको ध्यानाकर्षण गराईएको तरुण दल प्युठानका उपाध्यक्ष रोयल कृष्णले जानकारी दिए। उनले भने, ‘सडक मर्मत गर्न सडक डिभिजनसंग माग गरेका छौं।’

सडक सुधारको काम अघि नबढे तरुणले आन्दोलन गर्ने उनले चेतावनी दिए। अहिले सडकको कालोपत्रे उप्केर खाल्डाखुल्डी बनेको छ । बर्षामा गएको पहिरो समेत राम्ररी नपन्छाईदा दुर्घटनाको जोखिम बढेको छ। यो सडकखण्ड मर्मतसम्भार हुन नसक्दा रोल्पा तथा प्युठानका हजारौँ यात्रुले दैनिक कष्टकर यात्रा गर्नुपरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]