
Gisld
gst
Gmk
Rbs
Anm
Pbu
Mbdvs
mbd
Sds
Ksm

nsb
Bbbpu
Hal
Sbs
Sls
Vor
Tsm
Rgu
Asm
Rgu
Ssm
Bbu
Gst
Ksm
Rsb
Rgs
Wsp
Pvg
Ggd

Gsb
sab
bbt
Rmb
Rpp
Ptm
Jmb
Mks
Pls
Bml
Syp
Abd
Jmb
कपिलवस्तु । जिल्लाको कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीको मूर्ति विजया दशमीको दिन प्रहरीको कडा सुरक्षाको साथ नदी,ताल र पोखरीमा मूर्ति विसर्जन गरिएको छ ।
कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहको अगुवाईमा आज कृष्णनगर बजारको मूर्ति विसर्जन शान्तिपूर्ण तरिकाले कडा सुरक्षाका साथ मूर्ति विसर्जन गरिएको छ ।
आज मौसम प्रतिकूल भए पनि भक्तजनहरू नाचगानका साथ मूर्ति लाई कृष्णनगर बजार परिक्रमा गराई मूर्ति विसर्जन गरेका छन् । पानी परीरहदा समेत भक्तजन हरूको उत्साहजनक सहभागिता रहेको देखियो ।
दुर्गा माता,गणेश भगवान् ,लक्ष्मी माता,सरस्वती माता र राक्षस लगायतको मूर्ति निर्माण गरेर नौ दिन सम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमी को दिन आज मूर्ति विसर्जन गरिएको हो ।
तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा माता को विशेष पूजापाठ,नौ दिन व्रत बसेर,र पूजापाठ गरेर हिन्दु धर्मावलम्बीहरू को महान् चाड को रूपमा मनाउने परम्परा पहिले देखि चली आएको पाइन्छ ।
कृष्णनगरमा बजारमा रहेका २८ स्थानका मूर्ति मध्ये बजार क्षेत्र हुदै जाने १८ स्थानका मूर्तिहरु रहेको तथा आफूहरु सुरक्षा दिइ शान्तिपूर्वक मूर्ति विसर्जन भएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख शैलेन्द्र पाण्डेले जानकारी दिए ।
कृष्णनगमा मूर्ति विसर्जनको क्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितव तथा वडाध्यक्ष कृष्ण कुमार गुप्ता,नेपाल प्रहरी,सशस्त्र प्रहरी,जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,हिन्दु भक्तजन हरुको वृहत सहभागितामा मूर्ति विसर्जन गरिएको थियो ।
