
Anm
Rbs
gst
mbd
Mbdvs
Sds
Pbu
Gmk
Ksm
Gisld

Rgu
Bbbpu
Ggd
nsb
Rgs
Rsb
Hal
Ksm
Wsp
Vor
Pvg
Sbs
Asm
Bbu
Rgu
Tsm
Gst
Ssm
Sls

Syp
Mks
Jmb
sab
Gsb
Ptm
Bml
Rmb
Abd
bbt
Rpp
Jmb
Pls
दाङ । विगतका वर्षहरुमा चाडपर्वहरु आउदा निराश हुने राप्ती गाउँपलिकाका अति बिपन्न,बेसाहारा र शहिद परिवारहरु यस वर्षको चाडपर्वमा भने निकै हर्षित भएका छन्।
प्राय दैनिक हातमुख जाेर्न समेत मुस्किल हुने उनीहरुलाई गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफुले प्राप्त गर्ने सेवा सुविधाबाट उनीहरूकै घरमै पुगेर खाद्यान्न तथा आर्थिक सहयाेग गरेपछि उनीहरू हर्षित भएका हुन्।
दैनिक गुजरा चलाउन धाै-धाै भएकाे बेला चाडपर्व आउँदा त झनै चिन्ता लाग्थ्यो । तर यस वर्ष सहयाेग पाउदा अफूहरु निकै खुसी भएकाे राप्ती गाउँपालिका वडा नम्बर ५ निवसी बेसाहारा पहनु चाैधरीले बताउनु भयाे । विगतका वर्षहरुमा ज्यालादारी गरेर जसाेतसाे चाडपर्व मनाए पनि यस वर्ष श्रीमान बेला-बेला बिरामी भैरहने र आफुले काम खाेज्दा समेत वृद्धा उमेरमा काम गर्न नसक्ने भन्दै कसैले काम नदिए पछि झनै समस्या परेकाे उनकी श्रीमती सितासरी चाैधरीले दुखेसो गर्नु भयाे। उहाँहरु मात्रै हैन उहाँहरु जस्तै समस्यामा परेका करिब १४ घरपरिवारलाई आईतबार घरमै पुगेर सहयोग हस्तान्तरण गरेको अध्यक्ष विष्टले जानकारी दिनु भयो । केही वडाहरुमा अझै त्यस्ता घरपरिवारहरु बाँकी रहेकाे बताउदै उहाँहरुलाई पनि घरमै पुगेर सहयाेग हस्तान्तरण गर्ने याेजना रहेको अध्यक्ष विष्टले बताउनु भयाे।
त्यस्तै अध्यक्ष विष्टले आफुले प्राप्त गरेको सेवा सुविधाबाट त्यस्ता घरपरिवारलाई सहयाेग गर्न पाउदा आफु निकै खुशी भएको बताउदै आफु सधै जनतासँगै रहेकाले कुनै समस्या परे जानकारी गराउन समेत आग्रह गर्नु भयाे। अध्यक्ष विष्टले विगतका वर्षहरुमा जनप्रतिनिधि नरहेकाे बेलामा समेत समस्यामा रहेका घरपरिवारलाई यसरी नै सहयाेग गर्दै आईरहनु भएकाे छ।
