
Ksm
Mbdvs
mbd
Gisld
Pbu
Gmk
Anm
Rbs
gst
Sds

Sbs
Rgs
Rsb
Gst
Vor
Rgu
Asm
Pvg
Tsm
Bbu
nsb
Bbbpu
Sls
Hal
Rgu
Ggd
Ssm
Wsp
Ksm

Bml
Ptm
Abd
Pls
sab
bbt
Jmb
Mks
Gsb
Jmb
Syp
Rpp
Rmb
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले तीव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्न दाङमा राडर गन सहित ट्राफिक प्रहरी सडकमा खटिएको छ ।
अत्यधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारबाही थालिएको हो । दाङमा भएको दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेको तथ्याङ्क देखिएको छ ।
उक्त दुर्घटनामध्ये अधिकांश दाङका सडक खण्डमा तीव्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले बताए ।
जिल्लाका राजमार्गहरूमा तीव्र गतिले सवारी दुर्घटना बढ्दै गइरहेकोमा त्यस प्रकारका सवारी दुर्घटना न्यूनीकरण गर्न यो अभियान सुरु गरेका छौँ ।
अस्थाई ट्राफिक पोस्ट तुल्सीपुरका ट्राफिक प्रमुख वरिष्ठ सइ उत्तम जिसी यातायात कार्यालय तुलसीपुरको सयुक्त कमान्डमा तुल्सीपुर सल्यान सडक खण्डमा केही सवारीसाधन बढी हाँक्नेलाई गाडीको अवस्था चेकजाँच गरेर कारबाही गरेको तुल्सीपुर ट्राफिक प्रमुख वरिष्ठ सइ जिसीले जानकारी दिनुभएको छ ।
दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले दाङको सडकमा अभियान केन्द्रित छ । यसलाई हुलाकी सडक र अन्य राजमार्गमा पनि लैजाने दाङ जिल्ला ट्राफिक कार्यालयको योजना छ । हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय मिटरमा आएपछि गति मापन गर्छ ।
त्यस्तो गाडी तीव्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पिडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउने गरेको दाङ जिल्ला ट्राफिक प्रमुख परियारले जानकारी दिनुभएको छ ।
