
Pbu
Ksm
Gisld
Anm
Mbdvs
Rbs
Sds
Gmk
mbd
gst

Wsp
Ggd
Bbu
Hal
Bbbpu
Ssm
Tsm
Pvg
Sls
Rsb
Sbs
nsb
Asm
Ksm
Gst
Rgu
Vor
Rgs
Rgu

Pls
Ptm
sab
Mks
bbt
Rpp
Abd
Bml
Rmb
Jmb
Jmb
Gsb
Syp
दाङ । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिकहरूले सहि ठाउँमा खर्च गर्नु पर्ने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बुधबार एक कार्यक्रममा बताउनु भएकाे छ।
महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयाेजना गरेकाे”जेष्ठ नागरिकको सम्मान,राप्ती गाउँपालिकाकाे स्वाभिमान”भन्ने नाराका साथ असाेज ८ गते देखि १५ गते सम्म सञ्चालित सप्ताहव्यापी अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अवसरमा राप्ती गाउँपालिका वडा नं.६ र ७ मा सम्पन्न कार्यक्रममा साे कुरा बताउनु भएकाे हाे।
त्यस्तै कार्यक्रमको प्रमुख अथिति समेत रहनु भएका अध्यक्ष विष्टले कतिपय जेष्ठ नागरिकहरूले स्वास्थ्यमा प्रत्येक्ष असर पुर्यउने बस्तुहरुमा अनावश्यक खर्च गर्ने गरेकाे पनि पाइने हुनाले त्यसाे नगर्न अग्रह गर्दै याे उमेरमा विभिन्न राेगहरुले समेत सजिलै आक्रमण गर्न सक्ने भएकाले खानपानमा समेत विशेष ध्यान दिनु पर्ने बताउनु भएकाे थियाे।
राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चाैधरीकाे सभाअध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा वडाका वडा अध्यक्ष,वडा दस्यहरू, कार्यपालिका सदस्यहरु,विभिन्न शाखाका कर्मचारीहरू लगाएको उपस्थिति रहेको थियो भने स्वास्थ्य चाैकी सिसहनियाँका स्वास्थ्यकर्मीहरुद्वारा सहभागी जेष्ठ नागरिकहरूको स्वास्थ्य परिक्षण गरिनुका साथै परामर्श समेत प्रदान गरिएको थियोे ।
