
Ksm
gst
Gisld
Pbu
Sds
Gmk
Rbs
mbd
Mbdvs
Anm

Rsb
Ksm
Rgs
Gst
Hal
Wsp
Bbbpu
Ggd
Pvg
nsb
Vor
Bbu
Sbs
Ssm
Rgu
Asm
Sls
Rgu
Tsm

Abd
Bml
Pls
Ptm
Syp
Gsb
Jmb
sab
Mks
Rmb
bbt
Rpp
Jmb
दाङ । दाङ जिल्लाको बिकट पालिका मध्य एक प्रमुख हो राजपुर गाउँपालिका ।
भारतसँग प्रत्यक्ष जोडिएको राजपुर गाउँपालिकाका बस्तिहरुमा समस्याका चाङ गनि नसक्नु छन । दुर्गम बस्तीका समस्याले स्थानियबासीको आशाहरु नपलाउँदै बिलाउँछन । त्यहाँका बासिन्दालाई सुगम क्षेत्रमा बस्न मन नभएको त होईन ।
तर आर्थिक अबस्थाले पिल्सियका स्थानियका सपनाहरु बिलिन भईदिन्छन । त्यस क्षेत्रको प्रमुख समस्या मध्यका एक समस्या हो शिक्षा आर्जन पनि । सुगम क्षेत्रमा जस्तो प्रत्यक वडामा विद्यालय छैनन् त्यहाँ । सञ्चार,बिद्युत, बाटोघाटो,खानेपानी लगायतका समस्या त छँदैछ । डाडाँकाडाँ हिलाम्य बाटाहरु छिचोल्दै टाढाका विद्यालयमा पढन् जानुपर्ने बाध्यतापनि कम त होईन ।
जसले गर्दापनी त्यहाँका विद्यार्थीहरु शिक्षा आर्जनमा पछि परिरहेको अबस्था छ । शिक्षाले समृद्दी निम्त्याउँछ भन्ने थाहा त छ । तरपनि याबत समस्याका चाङले गर्दा शिक्षा तर्फको उत्सुक्ता कम देखिन्छ । प्रत्यक विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपरोस भन्दै राजपुर गाउँपालिकाले शिक्षा आर्जनलाई प्रमुखमा राखेर काम बढाएको छ । पछिल्लो समय पालिकाले शिक्षा क्षेत्रमा प्रमुख लगानी गरिरहेको छ ।
अबका प्रत्यक पिढिलाई शिक्षित बनाउँदै दुर्गम बस्तीहरुको मुहार फेर्न तत्पर छ राजपुर गाउँपालिका । पालिकाले गरिबीका कारण शिक्षाबाट बञ्चित हुनुपर्ने समस्यालाई अन्त्य गर्दै ‘नि:शुल्क शिक्षा’ लागू गरिसकेको छ । छात्राहरुको महिनावारी समस्यालाई हल गर्न पालिकाले प्रत्यक विद्यालयहरुमा नि:शुल्क प्याड र मेसिन हरुपनि उपलब्ध गराई सकेको छ । यति मात्र होईन,विद्यार्थीलाई किताब बोक्ने ब्यागपनि बितरण गरेको छ ।
>>प्रत्यक विद्यार्थीलाई स्कुल ब्याग!!
विद्यार्थीको पढाइ प्रती रुचि अभिबृद्दी गर्न नाकाका विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको छ । छायाँ नेपालको सहयोग र राजपुर गाउँपालिकाको आयोजनामा स्कुल ब्याग बितरण गरिएको हो ।
राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका स्थित शिबशक्ती माध्यमिक विद्यालयमा अध्ययनरत २ सय ३७ जना विद्यार्थीलाई ब्याग सहयोग गरिएको छायाँ नेपालकि सहायक कार्यकारी प्रमुख प्रियङ्का खातुनले बताईन ।
विकट बस्तीको अबस्था दयनिय छ । आर्थिक स्थिती कमजोरीले ब्याग समेत खरिद गर्न मुस्किल पर्छ । जसले गर्दा विद्यार्थीको पढाईप्रतीको रुचि खस्किदो छ । आर्थिक अबस्था कमजोरीकै कारण विद्यार्थीहरु पढाईबाट बञ्चित हुन नपरोस भन्दै प्रत्यक विद्यार्थीलाई ब्याग बितरण गरिएको राजपुर गाउँपालिकाकि उपाध्यक्ष धनपती देबी यादबले बताईन । ‘सबैले पढ्न पाउने अधिकार छ, गर्नुपर्ने धेरै बाँकि छ उपाध्यक्ष यादबले भनिन-लगनसिल भएर अध्ययन गर्नुस,शिक्षाबाट कोही बञ्चित हुन पर्नेछैन ।’
बितरण गरिएको ब्यागले विद्यार्थीको पढाईप्रती थप हौसला मिलेको शिबशक्ती माबी भौवानाकामा अध्ययनरत विद्यार्थी सुरक्षा झाँक्री मगरले बताईन । हातमा किताब कापी बोकेर हिँड्दा निकै सास्ती हुने सुरक्षा बताउछिन । अब त्यो समस्या भने हटेको छ । कहिले किताब कापी च्यातिने कहिले हराउने डर हुन्थ्यो । ब्याग किन्न नसक्नु गरिबीको एउटा बिडम्बना हो । यिनै याबत कारणले पनि आफ्नो धेरै साथीहरुले पढाइ छाडेको सुरक्षाले सम्झिईन । ‘अभाबले पढाइ प्रतीको रुचि घट्नु स्वभाबिक हो, पालिकाको यस्तो कार्यले हौसला मिलेको छ सुरक्षाले भनिन्-पालिकालाई धन्य छ ।’ आर्थिक अबस्थाले पिल्सिएर बिचमै पढाइ छोड्नुपर्ने बाध्यता नौलो त हैन । तर यिनै समस्यालाई निर्मुल पार्न पालिका लागि परेको छ ।
पछिल्लो समय विद्यार्थीको हौसलासँगै उत्कृष्ट नतिजा र विद्यालय प्रशासनलाई पनि उल्लेख्य सहयोग मिलेको शिबशक्ती मावि भौवानाकाका प्रधानाध्यापक लिलाधर बिकले बताए । पालिकाको साथ र समर्थन पाईराखे विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउने कुरामा दुईमत नरहेको बताए । राजपुर गाउँपालिका,नेबि संघका पुर्ब केन्द्रीय उपाध्यक्ष पवन यादब,नेपाली काँग्रेस क्षेत्र नम्बर १ प्रदेश ख का सचिब लालबिर खड्काको पहल र छायाँ नेपालको सहयोगमा विद्यार्थीको पढाईलाई थप सहजता प्रदान गर्न ब्याग बितरण गरिएको हो ।
छायाँ नेपाल नामक सँस्थाले देशैभर २४ वटा विद्यालय भवन, १० वटा स्वास्थ्यचौकि भवन निर्माण गरिसकेको छायाँ नेपालका कार्यकारी ब्यबस्थापन अधिकृत अमित थापाले जानकारी दिए । साथै छायाँ नेपालले महिला शसक्तिकरण,शिक्षा,युवा बालबालिका लगायतका क्षेत्रमा काम गर्दै आईरहेको छ ।
