
Anm
Ksm
Mbdvs
Gisld
Rbs
Pbu
Sds
gst
mbd
Gmk

Rgu
Sls
Rgs
Vor
Ksm
Rgu
Hal
Ggd
Sbs
Tsm
Bbu
Pvg
Wsp
nsb
Ssm
Gst
Asm
Bbbpu
Rsb

Mks
Bml
Jmb
Ptm
Jmb
Rmb
Gsb
Rpp
bbt
sab
Syp
Pls
Abd
बाँके । नेपाल प्रहरी सेवामा २०५१।१२।०१ गते प्रहरी सहायक निरीक्षक पदमा सेवा आरम्भ गरी यस पबित्र संगठनका बिभिन्न प्रहरी इकाईहरुमा अनवरत रुपमा देश र जनताप्रति निष्ठावान तथा समर्पित रही सेवा प्रवाह गर्दै प्रहरी निरीक्षक जस्तो गरिमामय पदमा पुगी २०७९।०६।०६ गतेदेखि प्रहरी निरीक्षक पदबाट अनिवार्य अवकाश लिई सम्मानपूर्वक सेवा निवृत्त हुनु भएका पुर्व प्रहरी निरीक्षक खिम बहादुर घर्ती मगरलाई ब्यवसायिक दक्षता,कार्यकुशलता एवं ईमान्दारिताको कदर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेको तर्फबाट कदर–पत्र तथा मायाको चिनो प्रदान गरी २०७९।०६।०६ गते बिहीबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित एक कार्यक्रमका बिच बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बाँके जिल्ला प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बाँके प्रहरी प्रबक्ता डिएसपी राम प्रसाद घर्ती मगर प्रहरी निरीक्षक जुनियर प्रहरी अधिकृत तथा जवान हवल्दारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एसपी अधिकारीले ब्यक्तिगत तथा पारिवारिक जीवनको उत्तरोत्तर प्रगतिको कामना सहित बिदाई गर्नु भएको थियो ।
